Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकैघरका पाँचजना काटिए, ४ को मृत्यु, १ गम्भीर

Published on 8:09:00 PM //

उदयपुर, असार २३- यहाँको पहाडी गाविस ठानागाउँमा अज्ञात समूहबाट गएराति एकैघरका ५ जना काटिएका छन्। स्थानीयका अनुसार ठानागाउँ ५ थुम्कीका केशरबहादुर मगरको परिवार काटिदा मगर दम्पति र दुई छोरीसहित ४ को मृत्यु भएको छ। एक गम्भीर घाईते छन्।
मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय मगर र ४० वर्षी श्रीमती तथा दुई किशोरी छोरी रहेको स्थानीय दलबहादुर ठकुरीले टेलिफोनमार्फत बताए। किशोर छोरा नेत्रबहादुर गम्भीर घाईते रहेको उनले बताए। मृतक श्रीमति र दुईछोरीको नाम र उमेर खुलेको छैन।

घटनाबारे विहान ८ बजे मात्र गाउँलेले थाहा पाएका थिए। एकान्तमा रहेका दुई मात्र घरमध्ये मगरको एउटा हो। ५ सय मिटर माथि भुवनसिंक विकको घर रहेको र बाँकी घर १५, २० मिनट दूरीमा अर्को गाउँमा रहेकाले घटनाबारे तत्काल कसैलाई जानकारी नभएको स्थानीय शिक्षक शेरजंग ठकुरीले बताए।
घटनाको प्रक्रिति हेर्दा मध्येरातमा घटेको अनुमान उनीहरुले गरेका छन्। 'विहान मात्र घटनाबारे जानकारी भयो' घटननास्थल पुगेका छिमेकी ३ नं. वडाका दलबहादुर ठकुरीले भने 'तर, हामी पुग्दा रगत सुकिसकेको छ, त्यसैले मध्येरातितिर घटना घटेको हुनसकछ।'

घटना कसले घटायो भन्नेबारे गाउँलेले केही पत्ता लगाउन सकेका छ्रैनन्। सोझो मिजास र गरिव परिवारका मगर बनिबुतो र ज्याला मजदुरी गरेर परिवार पाल्दै आएको छिमेकीले बताएका छन्। गाउँमा कसैसँग रिसइवी भएको थाहा नपाएको ठकुरीले बताए 'सम्पतिको लोभले हत्या भएको भनुँ भने उनी आफै अर्काकोमा काम गरेर खाने हुन्।'
घटनाबारे गाउँलेले प्रहरीमा खवर गरेलगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट निरीक्षक अनिल पौडेलको कमाण्डमा भर्खरै टोली घटनास्थलतर्फ गएको छ। जिल्ला प्रहरी नायव उपरिक्षक नरेन्द्र उप्रेतीले टोली पुगेपछि विस्तृत जानकारी पाउने बताए। घटनास्थल सदरमुकाम गाईघाटदेखि १८ कोश पश्चिममा पर्छ।
नागरिक न्युज डट कमबाट 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग