Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पहिलो पटक सोलो मोटरसाईकल दौड प्रतियोगिता

Published on 3:03:00 AM //

गगनशिला खड्का
गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा आज पहिलो पटक विस्तारै मोटर साईकल चलाउने (सोलो मोटरसाईकल दौड) प्रतियोगिता आयोजना गरियो । सदरमुकाम तम्घासमा सवारी चालकहरुले तिव्र गतिमा मोटरसाईकल तथा अन्य सवारी साधनहरु गुडाउने समस्या वढ्दै जानथालेपछि चालकहरुलाई सिमित गतिमा यातायात संचालन गर्नकालागि जनचेतना जगाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । 
गुल्मी लर्निङ्ग इन्ष्टिच्यूटको आयोजना र जिल्ला ट्राफिक कार्यालय गुल्मीको संयोजनमा आयो जित उक्त प्रतियोगितामा सदरमुकाम तम्घास स्थित झवि अटो वर्कसवका संचालक झवि श्रेष्ठ प्रथम वनेका थिए । ३५ जना सहभागि रहेको उक्त प्रतियोतिमा स्थानीय वलाल अली द्वितीय वन्न सफल वनेका थिए । तम्घास उदीन ढुङ्गादेखि शुरु भएको उक्त प्रतियोगिताको प्रथम चरणमा भगवति मन्दिरसम्मको साढे दुई किलोमिटर सडकमा मोटरसाईकल प्रतियोगिता गराईएको थियो । उक्त दुरिपार गर्न सफल ७ जना सहभागिहरु मध्यवाट अन्तिम चरणकालागि तम्घासको चिदिचौरमा ५० मिटरको दुरिमा सवैभन्दा कम समय लगायर मोटर साईकल चलाउन सफल भएवापत श्रेष्ठ र अलीलाई पुरस्कृत गरिएको हो । 
गुल्मीमा उक्त प्रतियोगिता अव तीन तीन महिनामा आयोजना गर्ने तयारी गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ । गुल्मी लर्निङ्ग इन्ष्टिच्यूटका व्यवस्थापक अर्जुन तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान गुल्मीका प्रहरी नायव उपरिक्षक विमल डंगोल र जिल्ला प्रहरि कार्यालयका प्रहरि निरि क्षक ओम प्रसाद चौधरिद्वारा विजयी चालकहरुलाई उपहार प्रदान गरिएको थियो । कार्यक्रम राजन घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

1 comment

  1. वलाल भाई बधाई छ..

    ReplyDelete

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग