Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वास्तविक द्धन्दपीडितले राहात नपाएको गुनासो

Published on 3:09:00 AM //

नरेश भण्डारी
गुल्मी जिल्लाका बिभीन्न ठाउँका द्धन्द पिडीतहरुले जिल्लामा आएको द्वन्द्व पीडित राहत वास्तविक द्धन्द पिडीतले नपाएको गुनासो गरेका छन् । राहतको लागि पटक पटक सम्बन्धित निकायमा पुगे पनि राहत उपल्बध गराउन सम्बन्धित निकायले आलटाल गरेको उनिहरुले आरोप समेत लगाएका छन । शान्ति तथा पूर्ननिर्माण मन्त्रालयको अनुगमन टोली र स्थानीय शान्ति समिती गुल्मीको आयोजनामा जिल्ला विकास समिती गुल्मीको सभाहलमा आज सम्पन्न सामाजिक परिक्षण कार्यक्रममा उपिस्थत भएका केहि द्धन्द पिडीतहरुले यस्तो गुनासो गरेका हुन् ।
नयाँगाउँकी कविता वि.क.ले आफुलाई १५ बर्षको उमेरमा राज्य पक्षले बेपत्ता पारी शारिरीक तथा मानसिक यातना दिएको स्मरण गर्दै अहिले शारिरीक तथा मानसिक रुपमा बिभीन्न समस्या देखा परेको तर राहतको लागि पटक पटक जिल्ला तथा केन्द्रमा पुगे पनि अहिले सम्म कुनै किसीमको राहत पाउन नसकेको र आफ्नो सुनुवाई नभएको गुनासो गर्नुभयो । उहाँले द्धन्द पिडीतको लागि असअघि जिल्लामा बिभीन्न तालिमहरु सञ्चालन भए पनि यसबारे आफु बेखबर रहेको बताउनुभयो ।
त्यस्तै धुर्कोट वस्तुका विष्णु भण्डारीले द्धन्दको समयमा माओवादि पक्षबाट आफु अपहरणमा परेको र फिरौति तिरेर रिहा भएको भएपनि अहिले सम्म आफुले राहत पाउन नसकेको गुनासो गर्नुभयो । बाझँकटेरि गुल्मीका ओमप्रकास भुसालले माओवादिको धम्कीले आफु बिस्थापित हुन पुगेको तर हाल सम्म राज्यले राहत उपलवध नगराएको बताउनुभयो । द्वन्द्वका कारण विधवा बनेका एकल महिलाहरुले राज्य आफुहरुलाई विभेद गरेको गुनासो गर्दै आफ्ना श्रीमान्को जीवन राज्यले पैसामा किन्न खोजेको आरोप लगाउदै पैसाले मात्र क्षतिपूर्ति हुन नसक्ने भन्दै आफुहरुलाई समाजमा सम्मानित जीवन बाँच्न पाउने अधिकारको ग्यारेन्टी गरिनुपर्ने माग राखेका थिए । उनीहरुले समाजले समेत हेला र दुव्यबहार गरेको भन्दै आफुहरुलाई सम्मानित शव्दले संबोधन गर्न आग्रह गरे ।
कार्यक्रममा अधिकारकर्मी संघ संस्थाका प्रतिनिधिहरुले समेत द्वन्द्व प्रभावितका समस्या बारे जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका गुनासाहरुको बिभीन्न सरकारी कार्यलयका प्रमुख तथा प्रतिनीधीहरुले जवाफ दिएका थिए । कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनीधी, सरोकारवाला, द्धन्द पिडीत, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग