Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लाँकुरी मञ्चमा लाँकुरी रोपियो

Published on 9:29:00 PM //

घनश्याम गौतम
बि.पि. कोइरालाको २९ औं स्मृति दिवसको अवसर पारेर तम्घासको महत्वपूर्ण स्थान लाँकुरी मञ्चमा लाँकुरी रोपिएको छ । सयौं वर्ष पुराना लाँकुरी मर्दै जान थालेपछि कांग्रेसले मञ्चको शोभा बढाई राख्ने उद्देश्यले लाँकुरीको बिरुवा रोपेको हो । जिल्ला प्रशासन, जिविसको मुख्य गेटसंगै रहेको लाँकुरी मञ्च जिल्लामा हुने बिरोधका कार्यक्रम, कोणसभा, दिवस र साना तिन सभाहरुका लागि महत्वपूर्ण स्थल हो ।
लाँकुरी मञ्चसंगै तम्घासका अन्य सडक छेउहरुमा समेत बृक्षारोपण गरेर हरीयाली तम्घास बनाउने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसले स्मृती दिवसकै अवसर पारेर अन्र्तक्रिया समेत सम्पन्न गरेको छ । सोही अवसर पारेर सामुदायीक रेडियो स्काईका संयोजक गोविन्द देवकोटा प्रेस युनियनमा प्रवेश गरेका छन् । यस अघि कुनै संगठनको सदस्यता नलिएका उनले कुनै राजनीतिक दलको नजिक नहुँदा अगाडी बढ्न समस्या भएको भन्दै बि.पि. स्मृति दिवसको अवसर पारेर सदस्यता लिएको कार्यक्रममा बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग