Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एनआरएन कप भलिबलको उपाधी रुद्रावती "बि"लाई

Published on 1:39:00 AM //

श्रवण खनाल
फिन्ल्यान्डको राजधानी हेल्सिन्कीमा आयोजित एनआरएन कप भलिबल प्रतियोगिताको उपाधी रुद्रावती बि ले हात पार्न सफल भएको छ । खेलकुदको माध्ययमद्वारा फिन्ल्यान्डमा छरिएर रहेका नेपालीहरुलाई एकत्रित गर्ने उदेश्यका साथ प्रबासी नेपाली सँघ फिन्ल्याण्डले गत जुलाई १८ र १९ गते भलिबल प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगिताको संयोजन बिस्वाश हमाल, बिजेन्द्र न्यौपाने, अरुण पोखरेल, सुमन खड्का, सिजन श्रेष्ठ र सुमन अर्याल सम्मिलित टोलीले गरेको थियो। प्रतियोगितामा छ समुहले भाग लिएका थिए।
पहिलो दिनको खेल लिग चरणमा खेलाइयको थियो र उक्त चरणका बिजयी र रनर अपहरुलाई समेटेर दोस्रो दिन सेमीफाइनल नकआउट प्रक्रियामा खेलाइएको थियो । लिग चरणको खेल बेस्ट अफ थ्रीमा र सेमी फाईनल अनी फाईनल बेस्ट अफ फाइभमा खेलाइएको थियो । रुद्रावती ए र रुद्रावती बि दुबै समुह सेमिफिनलमा अबिछिन्न (३-०) को जित संगै फाइनल चरणमा प्रबेश गरेका थिए । फाईनल खेलमा रुद्रावती बि ले रुद्रावती ए सँग लगातार ३ खेल जितेर यस बर्षको रनिङ शिल्ड हात पार्न सफल भयो । प्रतियोगितामा गोपाल भट्टराई भलिबलतर्फका उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
प्रतियोगिताका बिजयी समुहहरुलाई एन आर एन फिन्ल्याण्डका अध्यक्ष डा.अरुण पोखरेल र उपाध्यक्ष देवी दत्त शर्माले संयुक्त रुपमा पदक तथा प्रमाणपत्र बितरण गर्नु भएको थियो । कार्यक्रममा छोटो मन्तब्य दिंदै अध्यक्ष पोखरेलले एनआरएन, फिन्ल्याण्ड अत्यन्तै शिशु अवस्थामा रहेको र आर्थिक रुपले अति कमजोर रहेकाले सोचे जस्ता कार्यक्रमहरु गर्न नसकिएको यथार्थता बताउनु भएको थियो । यसका साथसाथै यहाँ रहेका सम्पुर्ण नेपालीहरुलाई एन आर एनमा आवद्ध भएर आर्थिक एबम सामुहिक रुपले शसक्त बनाइदिन अपिल समेत गर्नु भएको थियो । आर्थिक रुपले मजबुत हुन सकेको अवस्थामा संस्थाको तर्फबाट फिन्ल्याण्ड र नेपालका लागि गर्न सकिने धेरै सम्भाब्यता समेत औल्याउनु भएको थियो।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग