Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पाँच बर्षमा पनि बनेन विमानस्थल

Published on 3:10:00 AM //

शिबलाल सुबेदी
गुल्मी जिल्लाको सिमीचौर गाविसमा निमार्ण गर्न लागिएको रेसुङ्गा बिमानस्थल पाचँ बर्ष बित्न लाग्द पनि सम्पन्न हुन सकेको छैन ।
गुल्मीको सिमीचौर गा.वि.स. ५ थालेमालेमा रेसुङ्गा विमानस्थल पाचँ बर्ष अगाडि देखी निमाण गर्न शुरु गरिएको थियो । गुल्मी ,अर्घाखाँची र प्युठान लगायत जिल्लाका जनताहरुलाई हवाई सेवा दिने उद्देश्यले सिमीचौरमा बिमानस्थल निमार्ण गर्न लागिएको हो । तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदिप ज्ञवालीले बिमानस्थल २०६३ असार २४ गते शिलान्यास गरेपछि बिमानस्थल निमार्ण कार्य शुरु भएको थियो ।
निमार्ण गर्न लागिएको बिमानस्थल ५ बष सम्म पनि निमार्ण कार्य पुरा नभएपछि यतीबेला गुल्मी जिल्लावासीहरुको बिमानस्थल बन्ला भन्ने आशा हराउन थालेको जिल्लावासीहरुको भनाई रहेको छ । बिमानस्थल कहिले बन्ला र हवाइजहाजको सेवा लिन पाइन्छ भनेर बसेका यस क्षेत्रका जनताहरुको सपना पुरा हुन अझै केही समय लाग्ने देखिएको छ ।
शुरु शुरुमा विमानथल निमाण कार्यको कामले अलि तिब्रता पाए पनि पछिल्लो समयमा भने काममा ढिलाई भैरहेको छ । बिमानथल निमार्णका लागि २०६३ सालमा १७ जनाको कार्य समिति चयन गरि रेसुङ्गा विमानस्थल निर्माण समिति गठन गरेर निमाण कार्य शुरु गरिएको बिमानस्थल निमार्णका लागि अहिले सम्म करिव १ करोड भन्दा बढी बिभिन्न शिर्षकबाट खर्च भइसकेको बिमानथल निमार्ण समितीले जनाएको छ । बिमानस्थल निमाण गर्न शुरु गरेको १९ महिना भित्रमा विमानस्थल सम्पन्न गरी उडान शुरु गर्नुपर्ने नियम भएको बिमानस्थल निमाण प्राविधिकहरुले वताएपनि शुरु गरिएको ५ बर्ष बित्नलाग्दा समेत रेसुङ्गा विमानस्थल सम्पन्न नभएको बिमानस्थल निर्माण समितिका अध्यक्ष जय प्रसाद अर्यालले बताएका छन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग