Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बृक्षारोपण कार्यक्रम सम्पन्न

Published on 10:53:00 AM //

मनोज बस्नेत
गुल्मीको बाझँकटेरिका बासिन्दाले शिक्षामा गुण्स्तरियता ल्याउने माध्यमको रुपमा बृक्षारोपणलाई रोजेका छन् । बाझँकटरि गाविसको वाड नम्बंर ८ मा रहेको टोप्रे प्राथमिक बिद्यालयको आर्थिक स्थिती सुधार होस् भनि हरियाली रक्तचन्दन आमा समुहको अगुवाई तथा स्थानीय बासिन्दाहरुले बृक्षारोपण गरेका हुन् ।
वाड नम्बंर ८ मुलाबारीका बासिन्दाहरुबाट प्रतिघर ५-५ ओटा गरि झण्डै २ सय वटा भन्दा बढि बिरुवाहरु वार्ड नम्बंर ८ कै ठुलाखोला र भोटमारा भन्ने ठाउँको बिचमा पर्ने दुई रोपनी सार्वजनिक जग्गामा रोपिएको हो । यस अघि खालि रहेको त्यस जग्गामा चन्दन, टिमुर, पैँयो, दुधेलो, बखेडा लगाएतका बिरुवा रोपिएकोे पत्रकार टिका थापा मगरले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग