Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्लाका सम्पूर्ण ग्रामिण सडकहरु अवरुद्ध, जनजीवन प्रभावित

Published on 8:02:00 PM //


पि.एम.मगर
गत चारदिनदेखि लगातार परेको अविरल वर्षाका कारण गुल्मी जिल्लाका सम्पूर्ण ग्रामिण सडकहरु अवरुद्ध वनेका छन् । सडक अवरुद्ध वनेपछि गुल्मीको रिडी–रुद्रवेणी –वामीटक्सार–वुर्तिवाङ्ग तथा रिडी–वल्कोट अर्घाखाँची सडक खण्डमा समेत यातायात सेवा ठप्प भएको छ । पानीपरेपछि स्थानीय खोलाहरुमा वाढी आएको र सडक वीच वीचमा पहिरो खसेका कारण ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध वनेका हुन् । सडक अवरुद्ध वनेपछि सदरमुकाम तम्घासवाट आवत जावत गर्न मानिसहरुलाई समस्या परेको छ । गुल्मी जिल्लामा गत चारदिनदेखि परेको अविरल वर्षाको कारण जिल्लाको जनजीवन समेत प्रभावित वनेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग