Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कुवेतबाट ६० हाउसमेड फर्किदैं

Published on 8:18:00 PM //

घरेलु कामदारको रुपमा कुवेत आएर समस्या परेपछि नेपाली दुतावासको आश्रयस्थलमा बसेका ६० नेपाली घरेलु महिला कामदार अर्थात हाउसमेड शुक्रबार राति स्वदेश फर्किदै छन् । विदेशबाट यती ठुलो संख्यामा एकै खेपमा हाउसमेड फर्किन लागेको यो पहिलो पटक हो ।
घरेलुु कामदारमा आएर समस्यामा परेका ती महिलाहरु कुवेत सरकारले दिएको चार महिने आममाफीको सदुपयोग गर्दै स्वेदेश फर्किन लागेका हुन् । मुद्धा लागेको बाहेक अवैध रुपमा बसेका आप्रवासी कामदारलाई कुवेत सरकारले वीना सजाय कानुनी हैसियता प्राप्त गरी कुवेत वस्न वा स्वदेश फर्किन दिएको आममाफीको अबधि हिजैबाट सकिएको छ ।
दुतावासले उनीहरुलाई स्वदेश फिर्तिको लागि गए राति दुतावासको आश्रयस्थलबाट ३ वटा बसमा राखेर कुवेत अन्तराष्टिर्य विमान स्थलमा पुर्‍याएको जनाएको छ । फ्लाई दुवाई एयरलाईन्सको उडानबाट उनीहरु संयुक्त अरब इमिरेट्सको दुबाई हुदै स्वदेश आउन लागेका हुन् । स्वदेश फर्किनेमा आश्रयस्थलमा १ महिनादेखि ९ महिनासम्म बसेका महिला छन् ।
स्वदेश फर्किनको लागि ६१ जना विमानस्थल पुर्‍याए मध्ये एक जनाको मुद्दा भएकोले उनी दुतावासकै सेल्टरमा फर्किएको दुतावासले जनाएको छ । कुवेतका लागि नेपाली राजदुत मधुबन पौडेलका अनुसार दुतावासको आश्रयस्थलमा करीव साढे ३ सय हाउसमेड रहदै आएकोमा अहिले विभिन्न मुद्धा लागेका सहित १ सय १६ हाउसमेड छन् ।
आश्रयस्थलमा रहेका मध्ये करीव दुई सय महिला यस अघि विभिन्न समयमा स्वदेश फर्कि सकेको राजदुत पौडेलले बताए । जसमध्ये लामो समयदेखि दुतावासको आश्रयस्थलमा बसेका ४० भन्दा बढी हाउसमेड दुई साता अघि फर्किएका थिए । त्यस्तै, तीन साता अघि प्रहरीको घर फिर्ती केन्द्रबाट ४८ हाउसमेड स्वदेश पुगेका थिए ।
कुवेत सरकारले दिएको आममाफीमा ३ हजार ५ सय भन्दा बढी नेपाली लाभान्वित भएको समेत दुतावासले जनाएको छ । उनीहरुलाई स्वदेश फर्किन दुतावासले ट्राभल डकुमेण्ट बनाई दिएको थियो । अनुमानित ५० हजार भन्दा बढी नेपाली कामदार रहेको कुवेतमा ८० प्रतिशत महिला कामदार छन् । कुवेत काम गर्न आउने मध्ये अधिकांशले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति नलिएको बताउदै दुतावासले उनीहरुको पासपोर्ट र कागजात समेत नक्कली हुनाले उद्धारमा कठिनाई पर्दै आएको जनाएको छ ।
(ईकान्तिपुरबाट)

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग