Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पसलमा चोरी

Published on 1:22:00 AM //

गुल्मीको म्यालपोखरी गाविसको एक पसलमा चोरि भएको छ । म्यालपोखरी गाविसको वार्ड नं. ३ बडाचौरमा पसल गर्ने स्थानीय प्रेम सेनको पसलमा चोरि भएको हो । अज्ञात समुहले पसलको ढोका फोडेर सोलारको ब्याट्रि, ३० हजार नगद, पसलमा रहेका सामान गरि झण्डै १ लाख बराबरको चोरी गरेको पिडीत सेनले बताउनुभयो । घरको उपल्लो तलामा आफु सुतिरहेको अवस्थामा राति चोरि भएको हुन सक्ने भन्दै आफुलाई बिहान मात्र थाहा भएको उहाँले बताउनुभयो ।
चोरि गर्ने समुहको पहिचान हुन नसकेको र खोजि भईरहेको ईलाका प्रहरि कार्यालय पुर्कोटले जनाएको छ । यसअघि गत असार २४ गते पनि त्यस पसलमा चोरिको प्रयास भएको थियो । पछिल्लो समयमा त्यस क्षेत्रमा सोलारका पाता हराउने, स्वास्थ्य चौकि तोडफोड लगाएत अन्य चोरिका घटनाहरु भईरहेको त्यहाँबाट पत्रकार नारायण भट्टराईले जानकारी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग