Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युत र यातायात सेवा अवरुद्ध

Published on 3:11:00 AM //

गगनशिला खड्का
विद्युतको पोल ढलेपछि गुल्मी जिल्लाको बम्घा गाविसमा सामुदायिक विद्युत सेवा अबरुद्द बनेको छ । गएराती परेको अविरल वर्षासँगै गएको पहिरोले विद्युतको पोल ढालीदिएपछि विद्युत सेवा अवरुद्द बनेको हो । सेवा अवरुद्द वनेपछि यतिवेला गुल्मीको बम्घा गाविसका एक दुई र तीन वडाहरुका करिब दुई सय घरपरिवार अध्यारोमा वस्न वाध्य वनेका छन् ।
पोलको अभाबमा मर्मत कार्य हुन नसकेको सामुदायिक विद्युत कार्यालयका सचिव शंकरप्रसाद ज्ञवालीले वताए । साथै अवरुद्द विद्युत मर्मतगरि जनतालाई सेवा दिनकोलागि समितिले पहल गरेको छ ।
यसैक्रममा गएराती परेको अविरल वर्षासँगै गुल्मीको अश्लेवा गाविस अन्तर्गत कमेरेमा पहिरो गएपछि अवरुद्ध वनेको यातायात यातायात सेवा अझै सुचारु हुन सकेको छैन । यातायात सञ्चालनको लागि अहिले उक्त ठाउँमा डोजरको प्रयोग गरि अवरुद्ध सडक हटाउने तयारी भैरहेको छ ।
सडक अवरुद्ध वनेपछि रिडी वामीटक्सार सडक खण्डमा यातायात सुचारु हुन समस्या परेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग