Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलामा करेण्ट लगाएर माछा मार्ने क्रम वढ्यो

Published on 1:54:00 AM //


जनार्दन घिमिरे
गुल्मीका विभिन्न खोलाहरुमा करेण्ट र विभिन्न विषादी प्रयोगगरी माछा मार्ने क्रम वढेको छ । कतिपय खोलाहरुमा दिनको समयमै करेण्ट र विषादी प्रयोग गरी माछा मार्ने गरिएको छ भने वडिघाट खोलाको दोभान सेरोफेरोमा रातको समयमा करेण्ट लगाएर माछा मार्ने क्रम वढेको स्थानीयवासीले वताएका छन् । निस्ती र छल्दी पनाह खोला मिसिने वडिघाटको दोभान खोलामा त्यस क्षेत्रका सिमीत केही व्याक्तिहरुले रातको समयमा करेण्ट लगाएर माछा मार्ने गरेको उनीहरुले वताएका हुन् । गत वर्ष स्थानीय प्रशासनले त्यस्तो कार्यलाई कडाई गरेपनि हाल आएर खासै चासो नदेखाएका कारण केही व्याक्तिहरुले पेशेवर रुपमै करेण्ट तथा विषादी प्रयोग गरी माछा मार्ने गरेकाले यस्तो कार्य रोक्न स्थानीयवासीले सञ्चार माध्यममार्फत सम्वन्धित निकायको ध्यानाकृष्ट गराउन आग्रह गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग