Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मकै विउ उत्पादन सम्वन्धि तालिम

Published on 1:55:00 AM //

गुल्मीका कृषकहरुलाई सदरमुकाम तमघासमा मकै विउ उत्पादन संवन्धि अभिमुखिकरण तालिम दिईएको छ । गुल्मीको हर्दिनेटा, विरवास, दरवारदेविस्थान, सिमिचौर, अर्खले र हस्तीचौरका अगुवा कृषकहरुलाई पहाडी मकै वाली अनुसन्धान परियोजना र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल लिवर्ड पोखराले उक्त तालिम दिएको हो । कार्यक्रममा व्यवसायीक विकास र योजना निर्माणका संवन्धमा रमेशराज पुरीले सहजीकरण गर्नुभएको थियो । त्यस्तै वाली प्रजनन सहभागीतामुलक जातीय छनौट र गुणस्तरीय विउ उत्पादन सम्वन्धमा लिवर्ड पोखराका वलभद्र पौडेल, समुह परिचालन, व्यवस्थापन संवन्धमा जिल्ला कृषी विकास कार्यालयका प्राविधिक सहायक हरीप्रसाद आचार्य र कृषी सेवा केन्द्र वलेटक्सारका प्राविधिक सहायक शिवप्रसाद वञ्जाडेले सहजीकरण गर्नुभएको थियो । सो संस्थाले यस वर्ष गुल्मीमा विभिन्न पाँच जातका मकैका विउ वितरण गरी १० टन विउ उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ । लिवर्डले गुल्मीको घमिर, अमरपुर, वडागाउं लगायतका गाविसमा घरवगैचा कार्यक्रम समेत सञ्चालन गरेको छ । त्यस्तै समुदायमा आधारित मकै विउ उत्पादन र वितरण कार्यमा पहाडी मकै वाली अनुसन्धान परियोजना नामक संस्थाले पनि जिल्लाका विभिन्न गाविसमा कृषकहरुलाई मकै विउ वितरण गर्दै आईरहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग