Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ढुगांले लागेर बालकको मृत्यु

Published on 2:44:00 AM //


सीता भण्डारी,
जंगलमा बाख्रा चराउदै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर अर्घाखा“चीमा आज एक बालकको ज्यान गएको छ । ढुङ्गाले लागेर जिल्लाको ढिकुरा गाविसको हर्राचौर गाउ“का ९ वर्षीय बालक अस्मित नेपालीको ज्यान गएको जिल्ला प्रहरि कार्यालय अर्घाखाँचिले जनाएको छ । दिउसो घर नजिकैको जंगलको तलपटी बाख्रा चराउन बसिरहेको बेला माथिबाट एक्कासी आएको ढङ्गाले टाउकोमा लागेपछि नेपालीको घटनास्थलमै ज्यान गएको थियोे । ढुगाले नेपालीको टाउको फुटेपछि उच्च रत्तश्रावका कारण घटनास्थलमै ज्यान गएको र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग