Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पैसा नहुँदा उपचार नपाएर बालकको मृत्यु

Published on 2:22:00 AM //


गगनशिला खड्का
गुल्मीको दुर्गम गाविस सिर्सेनीका एक बालकको आर्थिक अभावका कारण समयमै उपचार नपाउँदा मृत्यु भएको छ । सदरमुकाम तम्घासबाट पश्चिम विकट गाविस सिर्सेनी वार्ड नं ९ निबासी चन्द्र परीयारका तीन वर्षिया करण परीयारको मृत्यू भएको हो । विगत एक हप्तादेखि निमोनियाले ग्रस्त करणलाई स्थानिय स्तरमै उपचार गाराईरहे पनि समयमै थप उपचारका लागी सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउन नसक्दा मृत्यू भएको हो । गाउँकै उपस्वास्थ्य-चौकीबाट रीफर गरीए पनि तम्घास ल्याउन रकम अभावका कारण ढिला भएपछि उनीहरुले शनिबार मात्रै सदरमुकाम तम्घास ल्याएका थिए ।
तम्घासको रेसुङ्गा अस्पतालमा ल्याएको र सो अस्पतालले तत्काल मिसन अस्पतालमा लैजान सुझाव दिएपनि बालकका आफन्तले आर्थिक अभाव दर्शाउँदै त्यहाँबाट विरामी विरामी बालकलाई लिएर घरतर्फ फर्किएका थिए । बिरामी बालकलाई आर्थिक अभावमा घरतर्फै फर्काएको आधा घण्टा नवित्दै उनको मृत्यू भएको थियो । “बालक तीनदिनदेखि बेहोस रहेछन्, – रेसुङ्गा अस्पत्तालका डाक्टर अशोक थापाले भने – पहिला त यहिँ नै ल्याउन ढिलो भयो त्यसमाथी तत्काल पाल्पा पु¥याउनुपर्ने बालकलाई घरतर्फ फर्काए । ” बालकका बाबु घरमा नभएको र आमा सुत्केरी अबस्थामा रहेकोले छिमेकीले बेहोस भईसकेपछि तम्घासमा ल्याएका थिए ।
“ बालकका बाबु भारतमा छन्, हामीले खोजेर ल्याएको जम्मा पैतीस सय मात्र थियो, ” उनका आफन्त गोपाल परीयारले भने – तीन हजार त एम्बुलेन्स खर्च मात्रै चाँहीदो रहेछ, उपचार खर्च त नहुने भयो भनेर फर्काएका हौँ ।” उनले खर्च नभएकै कारण धेरैदिन गाउँकै उपस्वास्थ्यचौकीको भर पर्नुपरेको बताए । जिल्लामा निमोनिया, झााडापखाला लागेका बालकहरुलाई अस्पत्ताल लैजानु भन्दा पनि धामीझाँक्री कहाँ लैजाने चलन रहेको छ । यसकारण पनि गाउँका थुप्रै बालबालीकाको अकालमा ज्यान जाने गरेको छ ।
गाउँमा मात्र नभई सदरमुकाम तम्घासमा समेत तीन महिनादेखि रक्तश्रावले पिडीत प्यूठानबाट मजदुरी गर्न तम्घासमा बसेकी २६ वर्षिय गौमती घर्तिले दैनिक धामीझाँक्री गराईरहेकी छन् । साथमा पैसा नभएका कारण अस्पत्तालमा लैजान नसकेको पिडीत महिलाका श्रीमान दुर्गामान घर्तिले बताए । दैनिक मजदुरी गर्ने दुर्गामानका २६ वर्षको उमेरमै पाँच सन्तान भैसकेका छन् । “ अव भने गर्भवती हुनबाट बच्छु भन्दै संगीनी सुई लगाएकी थिएँ , – गौमतिले भनिन् – त्यसदिनदेखि रगत बगेको बग्यै छ । सुई लगाएर कुल कुल्यान रीसाएकी भनेर हेरखोर गराईरहेकी छु । ” उता उनलाई झारफुक गरीरहेका धामी प्यूठान अर्खा ४ का जित बहादुर रानाले भने घरका सिमेभूमेले यस्तो दुःख दिएको भन्दै भने “ सिमेभूमेलाई मनाएको छु , अव ठिक हुन्छ । ” उनले एउटा कुचो, एक अम्खोरा पानी र हातमा खरानी लिएर ति महिलाको
शिरमा झारफुख गरीरहेका थिए । किन अस्पत्ताल नगएर धामीझाँक्री गराएको भन्ने प्रश्नमा गौमतीले भनिन् “के भन्छ के भन्छ, हामी त बुझ्दैन ।
झुत्रे देखेपछि वास्तै गर्दैन भनेर नगएको हो । अव त मरीन्छ की जानुपर्ला ।” यो घटना जिल्लाको प्रतिनिधीमूलक घटना हो । सिर्सेनीका बालकको मृत्यू पनि यस्तै कारणले भएको हो । यता जिल्ला स्वास्थ्य प्रमुख डा हरी बहादुर केसीले भने त्यस्ता गरीव महिलाहरु अस्पत्ताल
आएमा निःशुल्क उपचार गरीने बताए । “ हामीले गाउँ गाउँमा गरीव विपन्नको उपचार निःशुल्क गछौँ भनेर जानकारी पु¥याएका छौँ, उपचार नै गर्न आउँदैनन् त के गर्ने ?” –केसीले भने ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग