Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादी इमान्दार वनेन: काँग्रेस नेता विश्वकर्मा

Published on 1:44:00 AM //


पि.एम.मगर
मुलुकको शान्ति प्रकृया तथा संविधान निर्माणको पक्षमा एकीकृत नेकपा माओवादी इमान्दार वन्नुपर्नेमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानवहादुर विश्वकर्माले जोड् दिनुभएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीले महामानव विपी कोईरालाको २९ औँ स्मृति दिवसको अवसरमा आयोजनामा आयोजना गरेको “नेपाली काँग्रेसको भुमिका र भावी चुनौती” विषयक अन्तरकृया कार्यक्रममा उहाँले यस्तो कुरामा जोड् दिनुभएको हो ।
उहाँले माओवादी अझै नागरिक पार्टी वन्न नसकेको समेत आरोप लगाउनुभयो । सहमति एउटा हुने तर माओवादीले वाहिर आएर कुरा फेर्ने प्रवृतिले शान्ति प्रकृया र संविधान निर्माणमा वाधा पुगेको वताउँदै केन्द्रीय सदस्य विश्वकर्माले माओवादीलाई यस्तो प्रवृतिमा सुधार गर्न आग्रह गर्नुभयो । साथै उहाँले माओवादी सेनाको तत्काल समायोजन तथा पुनस्थापना हुनुपर्ने र माओवादीसंग रहेका हतियारहरु सरकारको नियन्त्रणमा आउनुपर्नेमा जोड् दिनुभयो । त्यस्तै उहांले बिपिले देखाएको बाटो बहुदलीय प्रजातान्त्रिक प्रणालीको बिकास गर्न सके मात्र बिपिको सम्मान हुने बताउनुभयो ।
बिपिले लिएको निति जिवन्त राख्न सके नेपाली कांग्रेस मात्र नभएर मुलुकको भविश्य समेत उज्वल हुने बताउदै केन्द्रीय सदस्य विश्वकर्माले थपिएको समयमा शान्ति र संबिधान निर्माण प्रकृया टुङ्गयाउन नसके लोकतन्त्र संकटमा पर्ने दावी गर्नुभयो । साथै उहांले लोकतन्त्रको रक्षाका नेपाली कांग्रेस जस्तोसुकै त्याग र बलिदान गर्न पनि तयार रहेको दावी गर्नुभयो । कन्द्रीय सदस्य विश्वकर्माले शान्ति र संबिधान निर्माण प्रकृया टुङ्गयाउन राष्ट्रिय सहमतिको सरकारका लागि गरिएको जेठ १४ को सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजिनामा दिई राष्ट्रिय सहमतिको सरकार निर्माणमा मार्ग प्रसस्त गर्न आग्रह गर्नुभयो ।
सोही अवसरमा विगत १० वर्ष अघिदेखि स्वतन्त्र पत्रकारिता गर्दै आउनुभएका रेडियो स्काईका संयोजक जि.डी.जोन्स रियाज नेपाली कांग्रेसको भातृ संगठन नेपाल प्रेस युनियनमा प्रवेश गर्नुभएको छ । त्यस्तै तमघास नगरका व्यवसायी लक्ष्मण परियार नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । उहांहरु दुवै लाई पार्टीका केन्द्रीय सदस्य विश्वकर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, जिल्ला
अध्यक्ष हरीकुमार श्रेष्ठ लगायतका अतिथिहरुले अविर लगाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसकी जिल्ला सदस्य तथा नेपाल महिला संघकी जिल्ला अध्यक्ष विष्णु सापकोटा, क्षेत्रीय सभापति दामोदर भुसाल, शशि पन्थी, जिडी जोन्स रियाज, लक्ष्मण परियार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कोषाध्यक्ष हरि न्यौपानेको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रमको अध्यक्षता जिल्ला सभापति चन्द्र के.सी.को रहेको थियो भने सञ्चालन सचिव विष्णु वलालले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग