Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

खोलामा डुवेर तीनको मृत्यु

Published on 1:57:00 AM //


सीता भण्डारी
नुहाउने क्रममा खोलामा पौडी खेल्दै गर्दा अर्घाखाँचीको ठुलापोखरामा ३ जनाको आज दिउसो डुबेर मृत्यु भएको छ । ठुलापोखरा गाविसको चौहा स्थित जर्रे खोलामा पौडी खेल्दा डुबेर मृत्यु हुनेमा ठुलापोखरा–१ नयाँ गाउँला १६ वर्षीया उषा वि.क., १४ वर्षीया रिता विक र ठुलापोखरा २ की १५ वर्षीया रेखा पाण्डे रहेका छन । उषा र रेखाले ठुलापोखरा स्थित नेपाल राष्टिय उच्च माविको कक्षा ८ मा र रिताले ९ कक्षामा अध्ययनरत विद्यार्थी हुन । चौहाको जर्रे फाँटको खेतमा धान लिएर घर फर्कदै गरेका उनीहरु खोलाको दहमा नुहाउने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएको स्थानीयवासी चन्द्रमणी पाण्डेले बताउनुभयो । धानको भारी र शरिरका कपडा खोलाको छेउमा राखेर पौडी खेल्न गएका उनीहरु खोलामा डुबेको अवस्थामा देखेपछि स्थानीय वासिन्दाले प्रहरी र गाउँलेले खबर गरेका थिए । तीनै जना एकै ठाउँमा मृत्य अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सवलाई प्रहरी र स्थानीय वासिन्दाले खोलाबाट निकालेपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग