Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तिन वर्षमा ६ लाख राजश्व संकलन

Published on 3:13:00 AM //


गगनशिला खड्का
गुल्मी जिल्लामा अहिले पछिल्लो समयमा पहिलेको भन्दा धेरै शान्ती सुरक्षामा सुधारात्मक काम भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन । जिल्ला प्रहरी कार्यलय गुल्मीले आयोजना गरेको भावी कार्ययोजनाको निर्माण र सुझाव संकलन कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । उनिहरुले गुल्मी जिल्लामा अहिले पछिल्लो समयमा नया प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार आईसके पछि पहिलेको भन्दा शान्ती सुरक्षामा सुधार आएको बताएका हुन ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक बैदवारले ३ वर्षको अवधीमा गुल्मी जिल्लामा ६ लाख ३० हजार २ सय ६० रुपैया राजश्व संकलन भएको जानकारी दिनुभयो । बैदवारले आर्थिक वर्ष २०६५/६६ मा १ लाख ३५ हजार ६ सय ३५,६६/६७ मा १ लाख ९५ हजार र ६७/६८ मा २ लाख ९९ हजार ६ सय २५ रुपैया राजश्व संकलन भएको जानकारी गराउनुभएको हो । अन्र्तक्रियामा नेकपा एमालेका शेषकान्त गौतम, एकिकृत नेकपा माओबादीका निम बहादुर पाण्डेय,गुल्मी उधोग वाणिज्य संघका कृष्ण प्रसाद पोख्रेल,जंग बहादुर कुवर,पत्रकार गगनशिला खड्का, स्वतन्त्र विधार्थी युनियनका पुर्ण केसी र नेपाली काँग्रेसका शुरेशचन्द्र भुषाल लगाएतले जिल्ला प्रहरी कार्यलय गुल्मीले शुरु गरेको अभियान प्रशसा योग्य रहेको बताएका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको सभापतीत्वमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग