Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको शान्ति सुरक्षा सुधारात्मक

Published on 3:13:00 AM //


गगनशिला खड्का
गुल्मी जिल्लामा पछिल्लो समयमा शान्ती सुरक्षामा सुधार आएकोले थप सुरक्षा कायम गर्नको लागी प्रहरीले सरोकारवालाहरुसंग सहकार्य गरेर अगाडी बढ्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । जिल्ला प्रहरी कार्यलय गुल्मीले आयोजना गरेको अल्पकालीन कार्ययोजना २०६८ को भावी योजना प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । उनिहरुले गुल्मी जिल्लामा अहिले पछिल्लो
समयमा नया प्रहरी नायब उपरीक्षक राजकुमार बैदवार आईसकेपछि पहिलेको भन्दा शान्ती सुरक्षामा सुधार आएको बताएका हुन । जिल्लामा जुवातास, विकृति, होटलहरुमा हुने हो हल्ला तथा यौन विकृति सदरमुकाममा हुने कुटपिट, जथाभावी नियम विपरीत सवारी साधन हाँक्ने लगायतका विकृतिहरुमा कमी आएको कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।
कार्यक्रमा सहभागी राजनैतिक दल, नागरीक समाज, बुद्धिजिवी तथा पत्रकारहरुले शुरुमा सदरमुकाममा हुने विकृतिहरु सुधार हुन थालेको तर गाउँ गाउँमा पनि त्यस्ता विकृतिहरुलाई पूर्ण रुपमा अन्त्य गर्नको लागी सबैसंग सहकार्य गरेर अगाडी बढ्न प्रहरीलाई सुझाव दिएका थिए ।
कार्यक्रममा प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले आफू जिल्लाको सुरक्षा कायम गर्नु नै आफ्नो प्रमुख दायीत्व भएकोले पहिलाका सुधारात्मक कुराहरुलाई निरन्तरता दिँदै सबैको सल्लाह र सहकार्यमा सुरक्षा व्याबस्थामा लाग्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले गुल्मीको त्रीवर्षिय अपराध, सवारी दुर्घटना तथा सवारी कार्वाही र राजश्वको विवरण प्रस्तुत गर्दै पहिलाको तुलनाम आगामी दिनमा आपराधिक कृयाकला कम गराउने प्रतिवद्धता जनाउनु भएको थियो । 
३ वर्षको अवधीमा गुल्मी जिल्लामा सवारी कार्वाहीमा मात्रै ६ लाख २४ हजार २ सय ५० रुपैया राजश्व संकलन भएको जानकारी दिनुभयो । बैदवारले आर्थिक वर्ष २०६५/६६ मा १ लाख २९ हजार ३ सय ५० रुपैयाँ ६६/६७ मा १ लाख ९५ हजार २ सय ७५ र ६७/६८ मा २ लाख ९९ हजार ६ सय २५ रुपै या राजश्व संकलन भएको जानकारी गराउनुभयो । उहाँले गत वर्ष विभीन्न घटनामा ८९ वटा मुद्धा दर्ता भएकोमा ४३ वटा फछ्र्यौट भएको र ४६ वटा बाँकी रहेको, आर्थिक वर्ष ०६६/०६७ मा वभीन्न घटनामा ८८ वटा मुद्धा दर्ता भएकोमा ६० वटा फछ्र्यौट भएको र २८ वटा बाँकी रहेको त्यसैगरी आर्थिक वर्ष ०६५÷०६६ मा ८४ वटा मुद्धा दर्ता भएकोमा ८१ वटा फछ्र्यौट भएको र ३ वटा फछ्र्यौट गर्न बाँकी रहेको जानकारी दिँदै बाँकी रहेका मुद्धाहरुलाई यस वर्षमा धेरै भन्दा धेरै फछ्यौँट गर्ने बताउनुभयो । उहाँले गत वर्ष शान्ति सुरक्षा कुटपिट र गाली बेईज्जतीका ३ सय ६८ वटा ठाडो निबेदन परेकोमा धेरै जसो मिलापत्र गराईएको र कुटपिटका ११ वटा मिलापत्र गर्न बाँकी रहेको समेत जानकारी दिनुभयो । उहाँले गतवर्ष भएका ९ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यू र १६ जना घाईते भएको जानकारी दिनुभयो । 
त्यसैगरी गतवर्ष ८ वटा सवारी दुर्घटनामा १० जनाको मृत्यू र ३ जना घाईते तथा आर्थिक वर्ष २०६५/६६ मा १० वटा सवारी दुर्घटनामा १३ जनाको मृत्यू भएको र १० जना घाईते भएको समेत जानकारी दिनुभयो । अन्र्तक्रियामा एकिकृत नेकपा माओबादी मगरात राज्य समिति सदस्यय निम बहादुर पाण्डेय, नेकपा एमालेका अध्यक्ष बोम बहादुर खड्का, नेपाली काँग्रेसका शुरेश चन्द्र भुसाल, एमाले प्रचारविभाग प्रमुख शेषकान्त गौतम, गुल्मी उधोग वाणिज्य संघका महासचिव कृष्ण प्रसाद पोख्रेल, होटल व्यावशायी जंग बहादुर कुवर, पत्रकार गगनशिला खड्का, स्वतन्त्र विधार्थी युनियनका पुर्ण केसी लगायतले जिल्ला प्रहरी कार्यलय गुल्मीले शुरु गरेको अभियान प्रशंसायोग्य रहेकोले आगामी दिनमा चुनौतीपूर्ण काम गर्दै सहकार्य गरेर अगाडी बढ्न सुझाव दिएका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको सभापतीत्वमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग