Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

धरौटी दिन नसकेपछि जेल चलान

Published on 3:31:00 PM //

सिता भण्डारी
चोरी गरेको अभियोगमा पक्राउ परेकी गुल्मी वम्घा गाविसकी एक युवती जेल चलान भएकी छन् । वम्घा गाविस वार्ड नं. १ निवासी १९ वर्षीया कोपिला भन्ने पवि कुवँर जिल्ला कारागार चलान भएकी हुन् ।
गत असार १२ गते गुल्मीको शान्तिपुर स्थित अमिना मियाको कस्मेटिक पसलमा चोरी गरेको अभियोगमा चन्द्रकोट प्रहरी चौकी शान्तिपुरद्धारा पक्राउ परेकी कुवँरलाई अनुसन्धानका लागि हालसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । प्रहरीले अभियुक्त कुवँरलाई सोमवार अदालत पेश गरेपछि उनलाई अदालतले साढे २२ हजार धरौटी माग गरेको तर उक्त रकम वुझाउन नसकेपछि मुद्धा पुर्पक्षका लागि कारागार चलान गरिएको अदालत श्रोतले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग