Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बढ्यो वाघको आतंक

Published on 3:31:00 PM //

सीता भण्डारी
गुल्मीको नेटा गाविसमा बाघको आतङ्क बढेको छ । गत एक हप्ताको अवधीमा सो गाविसको वडा नं. १ मा विभिन्न व्यक्तिहरुका २० वटा बाख्रा बाघले मारेर खाएको स्थानियवासीले बताएका छन् । सेती पोखरी व्यवसायीक बाख्रा पालन महिला समूह नेटा ४ कि अध्यक्ष प्रतिमा के सी ले दिनुभएको जाकारी अनुसार समूहका २० वटा बाख्रा स्थानिय जंगलबाट गाउँ पस्ने रातो रंगको बाघले दिनको समयमा मारेर जंगलतिर
लैजाने गरेको छ ।
स्थानिय महिलाहरुको बाख्रा पालन व्यवसायलाई थप प्रोत्साहित गर्न जिल्ला पशुसेवा कार्यालयले गत वर्ष खोर सुधारका लागि १५ हजार, बोका खरिदका लागि १२ हजार र विमा रकम वापत १५ हजार रकम सोही महिला समूहलाई प्रदान गरेको थियो ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग