Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गामा साउने औंशीको रमझम (फोटो फिचर)

Published on 3:54:00 AM //


पुण्य कमाऔं: गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा शनिवार साउने औंशीका अवसरमा रेसुङ्गा पोखरीमा स्नान गर्दै सर्वसाधरणहरु । चारधामबाट ल्याईएको पानी यहाँको पोखरीमा मिसाईएकोले यहाँको पोखरीमा साउनभर स्नान गरेमा पाप नष्ट भै पुण्यप्राप्त हुने विश्वास छ । साउने औंशीमा पोखरी स्नान गर्नका लागि गुल्मीसंगै अर्घाखाँची, पाल्पा, बाग्लुङ्ग, प्यूठान लगायतका जिल्लाबाट सर्वसाधरण आउने गर्दछन् । तस्बिर: घनश्याम गौतम
दर्शनार्थीकौ भिड: रेसुङ्गा यज्ञशालामा दर्शन गर्न साउने औंशीका अवसरमा शनिवार लामबद्ध सर्वसाधरण । झण्डै २ सय वर्ष पुरानो यज्ञशालामा रहेको होम कुण्डमा पुजा गरेमा मनमा सोंचेको पुग्न जनविश्वास छ । यज्ञशालामा पुजा र दर्शनका लागि रेसुङ्गा यज्ञशालामा सधै भिड लाग्ने गर्दछ । तस्बिर: घनश्याम गौतम
पोखरीमा पैसा: गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा शनिवार साउने औंशीका अवसरमा रेसुङ्गा पोखरीमा स्नान गर्ने सर्वसाधरणहरुले चढाएको पैसा चुम्बक लगाएर खोज्दै बालबालिकाहरु । चुम्बकको माध्यमबाट बालबालिकाहरुले १ देखि ३ सयसम्म पैसा जम्मा गर्ने गर्दछन् । तस्बिर: घनश्याम गौतम

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग