Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नगर पालिकाको माग गर्दै आन्दोलन

Published on 2:45:00 AM //


गगनशिला खड्का
सरकारले हालै मात्र घोषणा गरेको गुल्मीको तमघास नगरपालिकामा अर्खले गा।वि।स। समेट्नुपर्ने माग राख्दै अर्खले बासी भोली देखि चरणवद्ध आन्दोलनमा उत्रने भएका छन् । भोली देखी अर्खले गा.वि.स. का जनताले जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास समितिको कार्यलय घेराउ गर्ने कार्यक्रम रहेको नागरिक दबाव समितिका संयोजक कृष्ण पाण्डेले बताए ।
यस अघिनै प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र पठाएका छौ पाण्डेले भने त्यसको सुनुवाइ नभएसम्म चरणबद्ध आन्दोलनमा उत्रिन अर्खले गा.वि.स. बाध्य भएको छ । यस सम्बन्धमा अर्खले स्थित एकिकृत ने.क.पा. माओवादीका जिल्ला सदस्य ठाकुर पाण्डेले अर्खले बासीको आन्दोलन प्रति ऐक्यबद्धता मात्रै नभएर आफ्नो पार्टी आन्दोलनको अगुवाइ गर्न समेत तयार रहेको बताए । तमघासका सिमित केहि व्यक्तिले मेयर बन्ने सपना देखेर तमघास गा.वि.स.लाई मात्र नगरपालिका बनाउने षड्यन्त्र गरेको आरोप लगाउदै पाण्डेले भने अर्खले, सिमिचौर, दुबिचौर सहितको तमघास नगरपालिका नभएसम्म आन्दोलन रोकिन्न । 
उता ने.क.पा. एमाले अर्खले गाउ कमिटी अध्यक्ष तोयनाथ मरासिनीले पनि तमघासका सिमित केहि व्यक्तिहरुको षड्यन्त्रका कारण अर्खले गा.वि.स. नगरपालिका भित्र पर्न नगएको आरोप लगाए । उनले भने अर्खले लाई तमघासको भल, फोहरको डम्पिङ साइड मात्र बनाइएको छ यदि अर्खले नगरपालिका भित्र नपरे डम्पिङ साइड बनाउन पनि दिन्नौ र तमघासबाट पश्चिम तर्फ सञ्चालित मोटरबाटो पनि रोक्छौ । उनले यो आन्दोलन अर्खले बासीको भाग्य र भविष्यको निर्णायक आन्दोलन भएकोले अर्खले बासीलाइ एकजुट हुन समेत आग्रह गरे । 
यता नेपाली कांग्रेस महासमिति सदस्य ए्रंवम् तमघास गा.वि.स. का निवर्तमान अध्यक्ष भुवन प्रसाद श्रेष्ठले अर्खले गा.वि.स. नगरपालिका भित्र नपर्नु तमघास बासीको कुनै दोष नभएको भन्दै उक्त आरोप प्रति रोष प्रकट गरे अर्खलेका सर्वसाधारण पनि तमघास गा.वि.स.लाई मात्र नगरपालिाका घोषणा गर्नु सरकारकै हठात मनस्थितिको उपज रहेको बताउदै त्यस विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग