Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 2:17:00 AM //


-बिमल कुमार सुनार 
सबैको लागि लड्दैछ अघी बडेर जलन ।
कहिल्यै पनि हिद्दैन चोली धरेर जलन ।।

सिझोको लागि तगारो कैले बन्दैन भुलेर ।
जितेरै छाड्छ भाग्दैन खोला तरेर जलन ।।

रगत दिन्छ चिरेर छाती देशको खातिर ।
रुदैन कैले नेपाली आमा मरेर जलन ।।

हिमाल रुन्छ पहाड रुन्छ छातीमा घाउछ ।
छोड्ने छ आज घाउमा पट्टी गरेर जलन ।।

हट्दैन कैले पछाडि फर्की शत्रुको अगाडि ।
रोक्दैन गोली धम्किमा यहाँ परेर जलन ।।

भोकै नै बस्छ खाँदैन खोशी गरीबी घरको ।
स्वादेश छोडि जादैन अन्तै सरेर जलन ।।

दिदैछ ज्यान बलिमा आज नेपाली हुनाले ।
मर्ने छ यहाँ सबैमा खुशी छरेर जलन ।।

सबैको लागि लड्दैछ अघी बडेर जलन ।
कहिल्यै पनि हिद्दैन चोली धरेर जलन ।।

नया गाऊ ४ भुर्तुंग गुल्मी 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग