Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विपी उद्यान बन्ने

Published on 2:13:00 PM //


गगनशिला खड्का
नेपाली काँग्रेसका नेता बिपी कोईरालाको स्मृतीमा गुल्मीको क्षेत्र नं. ३ अर्जेमा जिल्लाकै नमुना विपी उद्यान निर्माण हुने भएको छ । नेपाली काँग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय कमिटिको आयोजनामा आज अर्जेमा बसेको स्थानियवासीको भेलाले अर्जे ७ को अमिलावतीमा करिव ३ रोपनी क्षेत्रफलमा विपी उद्यान निर्माण गर्ने निर्णय गरेको छ ।
उद्यान निर्माणका लागि स्थानिय समाजसेवी वालकृष्ण गौतमको संयोजकत्वमा २ सय जनाको मूल समिति गठन गरिएको छ । समितिले प्रतिदिन प्रतिकाँग्रेस सदस्य बाट २० पैसाका दरले संकलन गरी जिल्लाकै नमुना विपी उद्यान निर्माण गर्न लागिएको संयोजक गौतमले बताउनुभयो । भेलाका प्रमूख अथिति एवं नेपाली काँग्रेस क्षेत्र नं. ३ का सभापति दामोदर भुषालले विपीको स्मृतिमा वर्षेनी वृक्षरोपण
मात्रै गर्ने परिपाटीको अन्त्य गर्दै उहाँको स्मृतिमा उद्यान नै निर्माण गर्नुपर्ने कुरामा केन्द्र समेतलाई घच्घच्याउन यस्तो कार्यको थालनी गरिएको बताउनुभएको छ ।
कार्यक्रममा नेपाल किसान संघका क्षेत्रीय संयोजक बोमलाल भण्डारी, बालकृष्ण गौतम, हरि पोखरेल, नेपाली काँग्रेस अर्जेका पूर्व सभापति तुलसीराम अर्याल, महाधिवेशन प्रतिनिधि सीता अर्याल लगाएतले विपीको जिवनीबारे प्रकाश पारेका थिए । उद्यान केन्द्रमा लगाइने बगैचा एवं रुख विरुवाको लाभ स्थानिय नागरिकहरुले लिने व्यवस्था मिलाईने संयोजक गौतमले बताउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग