Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रमाईलो तथा मार्मिक तिजगित संग्रह बिमोचन

Published on 4:24:00 PM //


घनश्याम गौतम
बजारमा बढ्दो तिजका गितका सिडीहरुलाई चुनौती दिंदै शिक्षक एकदेव पौडेलले रमाईला तथा मार्मिक तिज गित संग्रह भाग तिन सार्वजनिक गरेका छन् । शिक्षक पौडेलले ग्रामिण परिवेश र तिज पर्वको पुरानो संस्कृतिको संरक्षण र नारीहरुको पीडालाई मात्र समेट्दै निरन्तर पुस्तकका माध्यमबाट पछिल्लो समयमा तिज पर्वमा भित्रिएको बिकृति रोक्ने प्रयासमा लागेको बताए । सोमबार तम्घासमा सार्वजनिक गरिएको ३६ पृष्ठको तिजगित संग्रहमा ग्रामिण नारीका पीडा, अभैmपनि शिक्षाबाट बञ्चित किशोरीहरु, सासु बुहारीका वेदना, श्रीमान बिदेशिदाको पीडा र पछिल्लो समयमा मोवाइलको बिकृति नियन्त्रणका लागि पुस्तकबाटै प्रयास गरेका छन् ।
‘एस.एल.सी. दिइयो, पास भए त राम्रै भो फेल भए त फेरी दिने हो’, ‘बनको चरी बनमै कराउ“छ’ जस्ता लोक दोहोरी गितीसंग्रहबाट चर्चामा आएका पौडेल यस क्षेत्रमा तिजगितका माध्यमबाट ग्रामिण नारीहरुमा समे त राम्ररी भिजेका छन् । ‘सबैको सहयोगले निरन्तर पुस्तकका माध्यमबाटै नारीहरुमा पुग्न सफल भएको छु’, पुस्तक बिमोचन कार्यक्रममा उनले भने, ‘शहरका सिडीहरुबाट भित्रिने गरेको विकृति पुस्तकबाटै रोक्ने प्रयासमा लाग्ने छु ।’ पौडेलद्वारा लिखित रमाईलौ तथा मार्मिक तिजगित संग्रह भाग तिनकौ पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनश्याम गौतमले बिमोचन गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग