Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुत्केरीको उद्धार गर्यो प्रहरीले

Published on 3:22:00 AM //

गगनशिला खड्का
बाटोमा सुत्केरी अवस्थामा अलपत्र परेकी एक सुत्केरी महिलाको जिल्ला प्रहरी कार्यलय गुल्मीले उद्धार गरेको छ । जिल्ला अस्पत्ताल तम्घासमा आएर चेकजाँज गरी फर्कदै गरेकी नयाँगाउँ गाउँ विकास समिति वार्ड नं ९ निवासी भिम वहादुर नेपालीकी श्रीमती २२ वर्षिय शान्ता नेपालीको अर्खले गाविसबाट उद्धार गरेको हो । बाटोमै सुत्केरी भएकी नेपालीलाई स्थानीय वासिन्दाले देखेर जिल्ला प्रहरी कार्यलय गुल्मीलाई खवर गरेपछि प्रहरी नायब निरीक्षक एक बहादुर रानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी जिल्ला अस्पत्ताल तम्घासमा पु¥याएको थियो । आमा र बच्चाको अवस्था अहिले समान्य रहेको जिल्ला अस्पत्ताल तम्घासले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग