Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाडीभाडा तिर्न नसकेपछि हिँड्दा हिँड्दै सुत्केरी

Published on 2:50:00 AM //


शिबलाल सुबेदी
घरवाट दस रुपैयाँ लिई जिल्ला अस्पतालमा गर्भ जाँच गराएर घर फकिर्दै गरेकि गुल्मी नयाँगाउँकी एक महिलाले विच वाटोमै नवजात शिशुलाई जन्म दिएकी छन् । जिल्लाको नयाँगाउँ गाविस वार्डं नं.९ हराचौर निवासी भिम बहादुर नेपालीकी श्रीमती शान्ता नेपालीले गुल्मीको अर्खले गाविस वार्ड नम्बर ३ खाम्सेपानी भन्ने ठाउँमा बच्चा जन्माएकी हुन् ।
जिल्ला अस्पताल तम्घासमा चेकजाचँ गराएर एक्लै घर फर्किने क्रममा हिँड्दा हिड्दै बाटैमा बच्चा जन्माएकी नेपालीलाई बेहोस अवस्थामा नेकपा एमाले जिल्ला अध्यक्ष बोम बहादुर खड्काले फेला पारेपछि उद्धार गरेका थिए । खड्का नयाँगाउँबाट सदरमुकाम फर्कने क्रममा नवजात शिशु बाटोको बिच भागमा र सुत्केरी छेउतिर रगत बगिरहेको अवस्थामा देखेपछि उनि उद्धारकार्यमा जुटेका थिए ।
एमाले जिल्ला कमिटी अध्यक्ष खड्काले तत्काल स्थानीय महिलाहरुलाई खवर गर्नुका साथै प्रहरी कार्यलय तथा सञ्चारकर्मीहरुलाई खवर गरेका थिए भने जिल्ला अस्पताल तम्घासमा तत्काल फोन सम्पर्क नभएको उनले बताए । उद्धार कार्यमा जुटेका स्थानीय सिर्जनशिल आमा समुहका महिलाहरुले बच्चाको नाल काट्ने गर्नुका साथै सुत्केरी महिलालाई दुध, तातोपानी, कपडा, बच्चाका लागि कपडाहरु सहयोग गरेका थिए ।
जिल्ला प्रहरी कार्यलयको एक टोली, सञ्चारकर्मीहरु लगायत स्थानीयवासीहरुले केहीवेर पछि उनलाई जिल्ला अस्पताल तम्घासमा ल्याएका थिए । श्रीमान बिदेशमा रहेको र सासु ससुराले १० रुपैया दिएर छोरा जन्माएनि जन्माएस, छोरी जन्माएनी जन्माएस भनेर पठाएको शान्ताले आखाँ भरि आशु लिएर गुनासो गरेकी छिन । उद्धारकार्यमा आधा घण्टा ढिला भएको भए सुत्केरी महिला तथा शिशुको ज्यान जान सक्ने अस्पतालले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग