Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल

Published on 3:32:00 AM //


होमनाथ कुँवर

साँईलिको भट्टी भित्र पस्न छाड्छु अब
तीन पाने रक्सी खान बस्न छाड्छु अब

मुसुमुसु मस्किएर रक्सी थप्न आउँदा
हात तानी बाहुपासमा कस्न छाड्छु अब

जिस्किएर नाना-भाती छाडा छाडा बोल्दै
उनी संगै दिल खोलेर हाँस्न छाड्छु अब

टिल्ल परी हल्ला गरी लड्खडाउदै हिड्दा
बाटो छेउको नालीभित्र खस्न छाड्छु अब

कैले मेरो कैले उस्को, टाउका फोरा फोर
यस्तै थुप्रै कान्डाहरुमा फस्न छाड्छु अब

हस्तिचौर १
हाल: युनाईटेड अरब दुब

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग