Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

यात्रा मन्दाक्रान्ता

Published on 3:44:00 AM //


-सबिन प्रभात ज्ञवाली
मेरो यात्रा प्रगतिपथको ठेसले रोकिँदैन
मेरो बाटो गडड असिना घामले छेकिँदैन
फोडी चट्टान पिपल कैँयन कापमा उम्रिए झैँ
यात्रा संघर्ष छ सहज यो हुन्न सम्रिध्ध आफै।।

काँडाभित्रै कटुस फल ती छन् हिलोमै सरोज
ठूलो उद्देश्य छ यदि भने उत्तिकै हुन्छ बोझ
कालो रात्री बितिकन सबै बल्ल प्रभा सुनौला
भड्काला ठेस कठिन सयौँ पार गर्नेछु खौला।।

पोल्दापोल्दै सुन जति डढ्यो तेजिलो बन्छ राम्रो
अप्ठ्यारा पार गरिकन नै यात्रा बढ्ने छ हाम्रो
कैले खोला अनि मरुभुमि पार गर्दै अगाडि
नौलो यात्रा शुरु भयिसके फर्कदैनन् पछाडि।।

काडाबाटै मृदुललतिका फूल फूल्ने गुलाफ
आस्था यस्तो अडग छ यहाँ बन्छ पानी नि बाफ
टाढा गन्तब्य छ नजिकमै अल्झिए पूर्ण हुन्न
सानो ढिलो कदम गतिको बेगले चन्द्र छुन्न।।

झन्टा बाधा पथभरि हुने खुड्किला पार गर्दै
यात्रा बढ्ने समय रथको चालमा चाल भर्दै
बाटो ज्यादै भिर किन नहोस् पार गर्ने छु चाडै
यात्राबाटै अतिशय बडा पार हुन्छन् पहाडै।।
बलेटक्सार ७ गुल्मी
लाजिम्पाट, काठमान्डौ

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग