Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला संघले स्थापना दिवस मनायो

Published on 3:24:00 AM //


पि.एम.मगर
नेपाल महिला संघको ६४औ स्थापना दिवस गुल्मीमा पनि विविध कार्यक्रमका बिच सम्पन्न भएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले महिलाहरुको हकहितको लागी एक जुट भएर अगाडी बढनुपर्नेमा जोड दिएका थिए । नेपाल महिला संघ गुल्मीकी सल्लाहकार बेलकुमारी बस्नेतको प्रमुख आतिथ्ता रहेको कार्यक्रममा विशेष अतिथि नेपाली कांग्रेसका पूर्व सभापति सुरेशचन्द्र भुसाल, प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपाल, नेपाल निजामती कर्मचारी युनियनका केन्दीय सदस्य जयश्वर पन्थी, नेपाल तरुणदल जिल्ला अध्यक्ष खिलध्वज पन्थी, कांग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति दामोदर भुसाल, अखिल नेपाल महिला संघकी उपाध्यक्ष ललिता गौतम, अखिल क्रान्तिकारी महिला संघकी अध्यक्ष सृजना तरामु, नेपाल विद्यार्थी संघका निरज मरासिनी लगाएतले मन्तव्य राख्दै नयाँ संविधानमा महिलाहरुको हकहित सुनिश्चीत गर्नको लागी आवाज उठाउनु पर्ने बताउदै आवाश्यक परे आन्दोलन गर्न समेत तयार रहनुपर्ने कुरामा जोड दिएका थिए ।
नजिकिदै गरेको नारीहरुको महान पर्व हरितालिका तीजसंगै स्थापना दिवसको अवसरमा आज महिला संघले कार्यक्रममा सहभागीहरुलाई दर खुवाएका थिए भने महिला दिदीवहिनीहरुले तीज गित गाएर रमाईलो समेत गरेका थिए । कार्यक्रममा महिला संघका सभापति विष्णु सापकोटाले संघको स्थापना, उद्देश्यबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव अम्विका श्रेष्ठले गर्नु भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग