Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कृषिमा आधारित तिज गीत प्रतियोगिता

Published on 2:34:00 AM //

चौरासी र दरबार देबिस्थान कृषि सेवा केन्द्रहरुमा ब्यावसायिक कृषिमा आधारित सेवा केन्द्र स्तरिय कृषि तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । गुल्मी जिल्लाको क्षेत्र नं. ३ का १७ वटा गाविसका कृषक समुहहरुको चौरासी कृषि सेवा केन्द्रमा र क्षेत्र नं. २ का दश वटा गाविसहरुका कृषक समुहहरुको प्रतियोगिता दरबार देबिस्थानमा संचालन भएको थियो । सेवा केन्द्र स्तरबाट प्रथम र द्धितिय हुने समुहहरु जिल्ला स्तरमा मिति भाद्र ३ गते हुने कृषि तिज गीत प्रतियोगितामा भाग लिन पाउने र जिल्ला स्तरमा प्रथम हुने समुहले क्षेत्रीय स्तर पोखरामा भाद्र ७ गते हुने कृषि तिज गीत प्रतियोगितामा भाग पाउने कार्यक्रम रहेको छ ।
प्राबिधिक सहायक चेतनारायण पन्थीले संचालन गर्नुभएको उक्त कार्यक्रममा कृषि सेवा केन्द्रका प्रमुख चन्द्रराम चौधरीको अध्यक्षता र स्थानीय समाजसेवी अशोक कुमार थापा प्रमुख आतिथि भएको थियो । आज सम्पन्न उक्त प्रतियोगितामा रेसुंगा बहुउद्देश्यीय कृषक समुह अर्खले–८ प्रथम, नवदुर्गा कृषि सहकारी संस्था लिमिटेड गौडाकोट द्धितिय, बाँसखर्क कृषि सहकारी संस्था लिमिटेड सिमिचौर तृतिय र रेसुंगा सिर्जनशिल बहुउद्देश्यीय कृषक समुह दरबारदेबिस्थान सान्त्वना स्थान पाउन सफल भएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग