Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पिपलधारा गाविसमा पनि बत्ति बल्यो

Published on 5:41:00 AM //


घनश्याम गौतम
विद्युत प्राधिकरणले गुल्मीको पिपलधारा गाविसमा बिहीवार साँझ देखि बत्ति बालेको छ । प्राधिकरणले २०६३ साल देखि शुरु गरेको विद्युत योजना हिजो देखि सम्पन्न भएपछि बत्ति बलेको हो । प्राधिकरणको झण्डै ५० लाखको लागतमा पिपलधारामा बत्ति बल्न थालेको नेपाल विद्युत प्राधिकरण गुल्मीका प्राविधिक जिवकान्त पाण्डेले जानकारी दिनुभयो ।
बिहीवार पिपलधारा बजारको २० घरमा बत्ति बालिएको भएपनि आज देखि पिपलधाराका झण्डै २ सय घरमा बत्ती बल्ने उपभोक्ता समितिका सदस्य कोषबहादुर थापाले बताउनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग