Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रेस चौतारी नेपाल गुल्मीको वैठक सम्पन्न

Published on 11:07:00 AM //


प्रतिक्षा गौतम
प्रेस चौतारी नेपाल गुल्मीको पुर्ण वैठक मदन आश्रित स्मृति भवन तम्घासमा सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल गुल्मीका अध्यक्ष ज्ञानवहादुर महतराको अध्यक्षतामा सम्पन्न वैठकले प्रेस चौतारी सदस्य तथा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष घनस्याम गौतमलाई शिक्षा मन्त्रालय, शिक्षा विभाग र पत्रकार महासंघको संयोजनमा शिक्षा पत्रकारीता लेखनवृति पुरस्कार २०६७ ले पुरस्कृत गरेकोले हार्दीक वधाई दिएको छ । वैठकले प्रेस विज्ञप्ति जारी गर्दै प्रेस चौतारी सदस्य भरत पाण्डेयले संगठनको आचार संहिता, अनुसासन र हित प्रतिकुल कार्य गरेको ठहर गर्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जनाएको छ । त्यसैगरी वैठकले उपाध्यक्ष लाकनाथ आचार्यले आफ्नो व्यतिmगत कारण देखाई दिनुभएको राजिनामा स्वीकृत गरेको छ भने रिक्त रहेका पदहरुमा सह सचिवमा नारायण प्रभात मरासिनी, कोषाध्यक्षमा प्रतिक्षा शर्मा, सदस्यहरुमा टोपलाल अर्याल, कृष्ण विश्वकर्मा र श्रृजना कंडेललाई  मनोनित गरेको अध्यक्ष ज्ञानवहादुर महतरा द्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरीएको छ । कार्यक्रममा पार्टी अध्यक्ष वोम खड्काको प्रमुख आतिथ्यता, प्रचार विभाग प्रमुख शेषकान्त गौतमको विशेष आतिथ्यता तथा पुर्व अध्यक्ष नरेश भण्डारीको आतिथ्यता रहेको थियो । बैठक प्रेस चौतारी नेपाल गुल्मीका सचिव शिबलाल सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग