Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अर्खले, सिमीचौर र दुविचौरलाई पनि नगरपालिकामा गाभ्ने प्रस्ताव

Published on 5:48:00 AM //


सरकारद्धारा हालै मात्र घोषित गुल्मीको तमघास नगरपालिकामा थप तीन वटा गाविस गाभ्नका लागि प्रस्ताव गरिने भएको छ । तमघास गाविसका ९ वटा वडालाई मात्र सरकारले नगरपालिका घोषणा गरेको विरोधमा छिमेकी गाविस अर्खले, सिमीचौर र दुविचौरले आन्दोलन गरेपछि वसेको नगर क्षेत्र वडा सिमाङ्कन उपसमितिको वैठकले यस्तो प्रस्ताव गर्ने निर्णय गरेको हो । वैठकले तमघास गाविसलाई ६ वटा वडा, अर्खलेलाई ४, सिमीचौरलाई ३ र दुविचौरलाई २ सहित १५ वडाको तमघास नगरपालिकाको प्रस्ताव गरी सरकारलाई पेश गर्ने निर्णय गरेको तमघास नगर क्षेत्र वडा सिमाङ्कन उपसमितिको संयोजक एवं जिल्ला विकास समितिका योजना तथा प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले वताउनुभयो ।
२०५८ सालको जनगणना अनुसार यी चार वटा गाविसमा २६ हजार ६ सय २२ घरधुरी भएपनि हाल करिव ४५ हजार भन्दा वढी भएको अनुमान गरिएको छ । प्रस्तावित तमघास नगरपालिका भित्र परेका सवैै गाविसमा विद्युत, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायत नगरपालिकाको मापदण्ड भित्र पर्ने भएकोले आज वसेको उपसमितिको वैठकले यस्तो निर्णय गरेको संयोजक मरासिनीले जानकारी गराउनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग