Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उत्कृष्ट स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मी पुरस्कृत

Published on 10:27:00 PM //


गगनशिला खड्का
जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यसंस्था र स्वास्यकर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालयले पुरस्कृत गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले आर्थिक वर्ष २०६७÷०६८ को कार्य सम्पादन मूल्याङ्कनको आधारमा पुरस्कृत गरेको हो । जिल्लाका ४ प्राथमिक स्वास्थ्य केन्द्र मध्ये रुरु प्राथमिक स्वास्थ्य केन्द्र प्रथम, १२ स्वास्थ्यचौकी मध्ये इश्मा रजस्थल स्वास्थ्य चौकी प्रथम र शान्तिपुर स्वाथ्यचौकी दोस्रो र ६४ उप स्वास्थ्यचौकी मध्ये पल्लीकोट उपस्वास्थ्यचौकी प्रथम, अमरपुर उपस्वास्थ्यचौकी दोस्रो, दरवार देविस्थान उप स्वास्थ्यचौकी तृतीय तथा हुँगा उप स्वास्थ्यचौकी सान्त्वना भएका छन् ।
स्वास्थ्य कार्यालयले प्राथमिक स्वास्थयकेन्द्र मध्येबाट रुरु स्वास्थ्य केन्द्रका प्रमुख डा. रामचन्द्र सापकोटा, जोहाङ्ग केन्द्रका हेल्थ असिस्टेण्ट वसन्तकुमार श्रेष्ठ, रुरु केन्द्रका अहेव इन्द्रदेव पौडेल, जोहाङ्ग केन्द्रका अनमी अम्विका थापा, सोही केन्द्रकै ल्याव असिस्टेण्ट खिमलाल पाण्डे, रुरु केन्द्रका ल्याव असिस्टेण्ट सुरेशराज श्रेष्ठ, रुरुकै ग्रामिण स्वास्थ्य कार्यकर्ता जनक श्रेष्ठ र रुरु केन्द्रकै कार्यालय सहायक चन्द्रवहादुर रजालीलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेहरुमा प्राथमिक स्वास्थ्य केन्द्रतर्फै रुरु स्वास्थ्य केन्द्रका प्रमुख डा. रामचन्द्र सापकोटा, जोहाङ्ग केन्द्रका हेल्थ असिस्टेण्ट वसन्तकुमार श्रेष्ठ, रुरु केन्द्रका अहेव इन्द्रदेव पौडेल, जोहाङ्ग केन्द्रका अनमी अम्विका थापा, सोही केन्द्रकै ल्याव असिस्टेण्ट खिमलाल पाण्डे, रुरु केन्द्रका ल्याव असिस्टेण्ट सुरेशराज श्रेष्ठ, रुरुकै ग्रामिण स्वास्थ्य कार्यकर्ता जनक श्रेष्ठ र रुरु केन्द्रकै कार्यालय सहायक चन्द्रवहादुर रजाली रहनुभएको छ ।
त्यस्तै स्वास्थ्य चौकीका प्रमुखतर्फ प्रथम इस्मा रजस्थलका चन्द्र प्रसाद भुसाल र द्धितीय शान्तिपुर स्वास्थ्यचौकीका खुमानन्द पन्त, स्वास्थ्यचौकी अहेवतर्फ प्रथम शान्तिपुरका ढकनारायण थापा र द्धितीय वामीटक्सारका ढालवहादुर जिसी, स्वास्थ्यचौकी अनमीतर्फ प्रथम शान्तिपुरकी शर्मिला पछाई, दोस्रो वामी टक्सारकी रमा जिसी, ग्रामिण स्वास्थ्य कार्यकर्ताहरुतर्फ प्रथम इश्माकी भगवती भुसाल र द्धितीय शान्तिपुरकी कमला खत्री, र कार्यालय सहायकतर्फ प्रथम इश्माका खिमलाल भण्डारी र द्धितीय शान्तिपुरका गंगावहादुर थापालाई पुरस्कृत गरिएको छ ।यस्तै उपस्वास्थ्यचौकी प्रमुख मध्ये प्रथम पल्लीकोटका श्यामसुन्दर पोख्रेल, द्धितीय अमरपुरका युवराज भण्डारी, तृतीय दरवार देविस्थानका नारायणप्रसाद अर्याल र सान्त्वना हुँगा उपस्वास्थ्यचौकीका प्रमुख प्रकाश अर्याललाई पनि पुरस्कृत गरिएको छ ।
उपस्वास्थ्य चौकीकै ग्रामिण स्वास्थ्य कार्यकर्तातर्फ प्रथम पल्लीकोटका शोभाखर न्यौपाने, द्धितीय अमर पुरका जगुलाल भण्डारी, तृतीय दरवारदेविस्थानकी विष्णुकुमारी कार्की र सान्त्वना सिमीचौर उप स्वास्थ्यचौ कीका गणेश गैरेलाई पनि पुरस्कृत गरिएको छ । यसैविच उपस्वास्थ्य चौकीका मासिकातर्फ प्रथम पल्लीकोटकी तुलसा वस्नेत, द्धितीय अमरपुरकी गंगा पाण्डे, तृतीय हुँगाकी लक्ष्मी भण्डारी र सान्त्वना ग्वाघाकी पुर्णकला थापालाई पुरस्कार प्रदान गरिएको छ भने कार्यालय सहायकतर्फ पल्लीकोटकी कमला भण्डारी, ग्वाघाका विष्णुवहादुर थापा, सिमीचौरका डिल्लीराम भण्डारी र दर्लामचौरका मोहन खड्कालाई पनि उत्कृष्ठ कार्य गरेवापत पुरस्कार प्रदान गरिएको छ ।
यता खोप कार्यक्रमतर्फ उत्कृष्ठ स्वास्थ्य संस्थाहरु मध्ये खज्र्याङ्ग स्वास्थ्यचौकी, दर्लामचौर उपस्वास्थ्यचौकी, अर्खवाङ्ग उपस्वास्थ्यचौकीलाई पुरस्कार प्रदान गरिएको छ । त्यस्तै खोप कार्यक्रमतफैर्
 स्वास्थ्यकर्मीहरु सिर्सेनीका सिनियर अहेव ताराप्रसाद अर्याल, तमघास अस्पतालका अहेव पुष्पा श्रेष्ठ, दर्लिङ्गका अहेव तेजप्रसाद अर्याल, अर्जैका अहेव रामप्रसाद अर्याल, हुँगाका अहेव धनवहादुर कुमाल, पुर्कोट स्वास्थ्य चौकीका अहेव शेरवहादुर कुवँर, शान्तिपुर स्वास्थ्यचौकीकी ग्रासका कमला खत्री, दौघाकी अनमी तारा ज्ञवाली, दिव्रुङ्गकी अनमी लक्षिमा खरेल र जयखानीकी अनमी सुनु श्रेष्ठ पुरस्कृत हुनुभएको छ । पुरस्कार ग्रहण गर्दै रुरु प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. रामचन्द्र सापकोटा, इश्मा स्वास्थ्यचौकी प्रमुख चन्द्रप्रसाद भुसाल र पल्लीकोट उपस्वास्थ्यचौकी प्रमुख श्यामसुन्दर पोखरेलले आगामी दिनहरुमा पनि स्वास्थ्य सेवामा कटिवद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सोही कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डा. विश्वराज खनाल, राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्रका प्रमुख डा. भेषराज पोख्रेल, सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपाली लगायतले स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न थप जागरुक भएर लाग्न आग्रह गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलकार प्रमुख, प्रहरी नायव उपरीक्षक राजकुमार वैदवार लगायत पत्रकार तथा स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हरीवहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ जनस्वास्थ्य अधिकृत श्रवणकुमार नायकको स्वागत मन्तव्य तथा तथ्याङ्क विभागका टुकप्रसाद पोख्रेलको सञ्चालन रहेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग