Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पतिले यातना दिएको भन्दै प्रहरीमा उजुरी

Published on 10:26:00 PM //


नरेश भण्डारी
दर्लिङ्ग गाविस–६ की ३६ वर्षीया कमला श्रीसद्वारा आफ्ना ४० वर्षीय पती दोणबहादुर श्रीसले शारीरिक तथा मानशिक यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी छन् ।
तम्घास गाविस– १ उदिन ढुङ्गामा डेरागरि बस्ने कृषि विकास कार्यालयको क्यासियर पदमा कार्यरत कमलालाई ०६८ भदौ ३ गते देखि लगातार मानसिक तथा शारीरिक यतना दिदै आएको र ०६८ भदौ ८ गते साँझ चारीत्रिक लाल्छना लगाउँदै ताल्चाले प्रहार गरी घाईते बनाएको उजुरीमा उल्लेख छ ।
टाउकोमा गंम्भिर चोट लागेकी पीडितको तम्घास अस्पतालमा उपचार भयो भने पीडकलाई ०६८ भदौ ९ गते प्रहरीद्वारा नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर श्याम अर्यालले जानकारी दिए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग