Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बार्षिक उत्सव धुमधामका साथ मनाउदैँ

Published on 3:28:00 AM //


मनोज बस्नेत
नवज्योति युवा क्लब सिर्सेनी गुल्मीले आफ्नो प्रथम बार्षिक उत्सवको अवसरमा बिभीन्न कार्यक्रमको आयोजना गरेको छ । सोहि अनुरुप क्लबले आज चौतारो निमार्ण तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शिवालय प्राथमिक बिद्यालय सिर्सेनी ५ लाम्पाटाको परिसरमा बृक्षारोपण गर्नुका साथै सोहि ठाउमा रहेको एक कुवाको मर्मत र चौतारो निमार्ण गरेको हो । क्लबका अध्यक्ष गोकर्ण परियारको नेतृत्वमा बिद्यालयको परिसरमा लाकुुँरी, सल्ला, अम्रिसो लगाएत गरि एक सय भन्दा बढि बिरुवा रोपिएको छ । बार्षिक उत्सवलाई भव्यताका साथ मनाउने निणर्य अनुसार भोलि तीज गित प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग