Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

होटलको व्यवस्थापन राम्रो भए विकासमा टेवा पुग्ने

Published on 3:29:00 AM //


मनोज बस्नेत
होटलको व्यवस्थापन राम्रो हुन सक्यो भने पर्यटन प्रवद्र्धन तथा विकासमा टेवा पुग्ने होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष माधव नेपालले वताउनुभएको छ ।
ग्राहकका लागि सेवा, सेवाका लागि व्यवसायी, सवैका लागि मञ्च भन्ने मुल नारा सहित होटल व्यवसायी मञ्च गुल्मीको आज सदरमुकाम तमघासमा भएको पाँचौ साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा वोल्दै अध्यक्ष नेपालले यस्तो वताउनुभएको हो । नेपालले आफु रेसुङ्गा घुम्न पाउँदा निक्कै खुशी लागेको भन्दै पर्यटन विकासका लागि आएको रकमको सही सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । प्रत्येक होटलमा यस्ता क्षेत्रहरुको फोटोहरु राख्यो भने पनि पर्यटन विकासमा टेवा पुग्ने भन्दै अध्यक्ष नेपालले होटलको थप व्यवस्थापनका लागि विभिन्न तालिम तथा सेमिनारहरुको पनि आयोजना गर्नुपर्ने सुझाव दिनुभयो कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले जिल्लामा होटल व्यवसायीहरुको सुरक्षा तथा व्यवस्थापनको पक्षमा आफु पनि संगसंगै लाग्ने वताउनुभयो।
होटल व्यवसायीहरुले आफ्नो व्यवसायलाई संवेदनशील पेशाको रुपमा लिए थप प्रभावकारी भएर जाने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज अरुण देवकोटा, नेपाली काँग्रेसका महासमिति सदस्य भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला सदस्य माधव ज्ञवाली, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जिवन राना, राप्रपाका भरत वहादुर चन्द, राप्रपा नेपालका ठाकुरप्रसाद पाण्डे, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार वैदवार, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, कोष तथा लेखा नियन्त्रक राजेन्द्रप्रसाद आचार्य, लगायतले शुभकामना दिँदै पर्यटनको प्रवद्र्धन तथा विकासका लागी थप संवेदनशील भएर लाग्न आग्रह गर्नुभएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग