Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी र पाल्पा जोड्ने पूल जिर्ण बन्दै

Published on 2:41:00 AM //

मुक्तिप्रसाद न्यौपाने 
खोला तथा नदीमा पुल नबन्दा धेरै मानिसलाई खोलाले बगाएको घटना घट्ने गर्दछन् तर गुल्मी जिल्लामा भएको झलुङ्गे पुललाई संरक्षण गर्न पहल नगर्दा ५ दशक अगाडि निर्मित पुल यतिखेर खण्डहरमा परिणत हुन पुगेको छ ।
गुल्मीको प्रवेश द्धार तथा प्राचीन कालमा प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको रिडीमा २०१६ सालभन्दा पहिला निर्मित झोलुङ्गे पुल यतिखेर चौतर्फीबाट बेवास्ता हुँदा खण्डहरमा परिणत भएको हो ।

गुल्मी पाल्पा जोड्नेगरी रिडीखोलामा निर्मीत गुल्मी पाल्पा स्याङ्जा, पर्वत, बाग्लुङ्ग, प्यूठान, मुस्ताङ्ग जिल्लाका पैदल यात्रुलाई सहज रुपमा आवत जावत गर्न निर्माण गरिएको थियो । तात्कालिन समयमा बुटवलदेखी निर्माण सामाग्री घोडा, खच्चड र मानिसद्धारा ढुवानीगरी निर्मित पुलको विकलपामा पक्की पूल निर्माण भएकाले नै संरक्षण विहिन हुन पुगेको हो । दैनिक रुपमा एक हजारभन्दा बढी यात्रुलाई जोखीमबाट जोगिएको पुलका फलिया, फलामका पाता सबै पानीले ध्वस्त बनाएको छ, धेरै पटक धेरै वालवालिका पुलबाट सखी सकेका छन् तर स्थानीय निकाय, गाउँ विकास समिति, जिल्ला विकास समितिले संरक्षण गर्न तर्फ कुनै पहल नगरेकोमा स्थानीय बासीन्दा आक्रोशित बनेकाछन् ।

गुल्मी जिल्लाको रुरु–पाल्पा जिल्लाको अर्गली गाविस जोड्ने पुललाई मर्मत गर्ने कुनै निकायनै नभएको भन्दै स्थानीय वासीन्दा मघु न्यौपाने भन्दछन् पुलबाट आफ्नै बच्चा खसेर मृत्युको मुखबाट फर्कीएको बताउँदै समयमा मर्मत नभए ठूलो दुर्घटना निम्त्याउन सक्ने छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग