Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भवन निर्माणमा घोटाला, सम्पन्न नहुँदै पुननिर्माण

Published on 10:12:00 PM //


पि.एम.मगर
नेपाल विद्युत प्राधिकरणले ठेकेदारमार्फत निर्माण गरेको गुल्मीको वस्तु सव–स्टेशनको आवास गृह निर्माणमा लाखौँ रकमको घोटाला भएको खुलासा भएको छ । काठमाण्डौ बानेश्वरस्थित खानी निर्माण सेवा कम्पनीले ७५ लाख रुपैयाँमा ठेक्का लिएको उक्त भवन निर्माणमा कम गुणस्तरका निर्माण सामाग्री प्रयोग गरेपछि भवन निर्माण कार्य सम्पन्न नहुँदै ठेकेदारहरुले पुन निर्माण गरेर प्राधिकरणलाई वुझाउने तयारी गरेका छन् । ढलान गरेको छत चुहिने र भवनको गारो समेत ठाउँठाउँमा चर्किन थालेपछि टालटुल गरेर वुझाउन थालिएको वुझिएको छ ।
१३ कोठाको दुई तले भवनमा ठेकेदार कम्पनीले एक वोरा सिमेण्टमा ३ वोरा वालुवा मिसाएर भवन निर्माण गरेको वताएपनि मिस्त्री स्थानीय रामु सुनारले एक वोरा सिमेण्टमा ८ देखि १० वोरासम्म वालुवा मिसाएर काम गरेको वताउनुभयो । भवनको दुईवटै तलाको ढलानमा माथिपट्टि सिमेण्टको लेप लगाईएको छ भने त्यसलाई कोट्याएर हेर्दा पुरै वालुवा निस्कने गर्दछ । त्यस्तै छतको गारोमा थोरै आड दिँदा ढल्ने खालको छ । ठेकेदार कम्पनीले आवश्यक निर्माण सामाग्री पठाएपनि जिम्मेवारी पाएका कामदारहरुले उक्त सामाग्री वेचविखन गरेको खुलासा भएको छ । वालुवा, छड लगाएतका सामाग्री चोरी गरेको फेला पारिएको स्थानीय वृद्ध खडानन्द भण्डारीले वताउनुभयो ।
ठेकेदारका मानिसहरुले चोरी भएको वताएपनि मिलेमतोमा सिमेण्ट र छडहरु विक्री गरेको स्थानीयवासीले वताएका छन् । छण्डै ४५ हजारको छड केशव भण्डारीले खरीद गरेको वताउनुभयो । काम सम्पन्न भईसकेपछि वाँकी रहेको छड् ढुवानीको झन्जट व्यहोर्नु भन्दा सजिलो हुने भएकोले खरीद गरेको उहाँको भनाई छ । उक्त भवनसम्म पुग्ने वाटो, घडेरी खन्ने र वालुवा ओसार्ने ठेक्का समेत पाएका भण्डारीले ढलानमा पानी नभएका कारण गुणस्तरहीन भएको भन्दै ठेकेदार कम्पनीको वचाउँ गर्नुभयो । त्यस्तै स्थानीय न्यू फेन्सी पसलमा समेत छड्खरीद गरिएको उक्त पसलका मालिक कृष्ण भण्डारीले वताउनुभयो ।
स्थानीय युवा देवेन्द्र पाण्डेले ३० प्रतिशतमा भवन वनेको र ७० प्रतिशत घोटाला भएको वताउनुभयो । नेकपा एमाले वस्तुका सचिव नरहरी भण्डारीले व्यापक अनियमितता भएको भन्दै छानविनको माग गर्नुभयो । त्यस्तै नेपाली काँग्रेस वस्तुका सभापति लालमणी भण्डारी, एकीकृत नेकपा माओवादीका इन्चार्ज नन्दमणी भण्डारी र वस्तु गाविस सचिव श्रीराम पाण्डेले स्थानीय तहमा रेखदेखको जिम्मा नदिई निर्माण गरिएको सव स्टेशनको आवास गृहमा व्यापक अनियमितता भएको भन्दै अख्तियारसम्म पुर्याएर दोषीमाथि कडा कारवाहीको माग गर्नुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग