Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादी सेक्रेटरी हत्यामा सङ्लग्न ३ कारागार चलान

Published on 11:09:00 AM //


शिबलाल सुबेदी
एकीकृत नेकपा माओवादी धुर्कोट रजस्थल गाउँ सेक्रेटरी चन्द्र बहादुर थापाको हत्याका सलग्न तीन जनालाई जिल्ला अदालत गुल्मीले पुर्वपक्षका लागि कारागार चलान गरेको छ ।  थापाको हत्याका सलग्न धुर्कोट रजस्थल वार्ड नम्बर ४ का ४८ वर्षिय जय प्रताप थापा, सोही स्थानकै ३० वर्षका विष्णु परीयार र वार्ड नं ५ का ३५ वर्षिय भोज बहादुर परीयारलाई पुर्वपक्षको लागी कारागार चलान गरेको हो । धुर्कोट् रजस्थल वार्ड नम्बर २ का ३८ वर्षिय माओवादी कार्यकर्ता थापाको गत साउन ८ गते हत्या गरि फालिएको अवस्थामा अर्को दिन विहान जैसीथोकमा सव फेला परेको थियो । थापाको कसैले हत्या गरेको हुन सक्ने भन्दै जिल्ला प्रहरी कार्यलय गुल्मीले साउन ९ गते पक्राउ गरेको थियो । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका जय प्रताप थापा, बिष्णु परियार र भोज बहादुर परियारले चन्द्र बहादुरको आफुहरुले मिलेर हत्या गरेको स्वीकारेका थिए । यसैवीच कुटपिट तथा सार्वजनिक मुद्दामा प्रक्राउ परि प्रहरीको नियन्त्रणमा रहेका गुल्मी हस्तीचौर गाविस ३ का २६ वर्षिय विष्णु कुँवरलाई जिल्ला अदालतले २० हजार रुपैया धरौटीमा छाडेको जिल्ला प्रहरी कार्यलय गुल्मीका सुचना अधिकृत श्यामु अर्यालले जानकारी दिएका छन ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग