Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

होसियार तपाई पनि जरिवानामा पर्नुहोला है

Published on 10:23:00 PM //


गगनशिला खड्का
कतै तपाई सार्वजनिक स्थलमा धुम्रपान त गदै हुनुहुन्न ? कसैको आँखा छलेर सुर्ती त मिच्दै हुनुहुन्न ? लौ है अव होसियार हुनुहोस तपाईको निगरानीका लागी गुल्मीका सरोकारवालाहरु अभियानकै रुपमा लागी परेका छन । नेपाल सरकारले गत साउन २२ गते सार्वजनिक स्थानमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न लागु गरको ऐन कार्यान्यन गराउन गुल्मी जिल्लामा क्रियाशिल सरोकारवालाहरुले सचेतना अभियान थाल्ने भएका छन । सार्वजनिक स्थलमा धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्नका लागी जिल्ला प्रहरी कार्यलय, परिकल्पना पहल, महिला मानब अधिकार रक्षक सञ्जाल, क्षयरोग निवारण संस्था र इन्सेकले सर्वसाधरणलाई जनचेतना फैलाउने उदेश्यले सो अभियान शुरु गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
सरकारले एैनको लागु गरेपनि कार्यान्यन नभएका कारण जिल्लामा क्रियाशिल सामाजिक संघ संस्थाहरुले एैनको प्रभावकारी कार्यान्यन गराउनका लागी आफूहरुले जिल्ला प्रहरी कार्यलय गुल्मीको सहयोगमा यस्तो अभियानको शुरु गर्नुपरेको महिला मानब अधिकार रक्षक सञ्जालका सचिब गगनशिला खड्काले बताउनुभयो । गुल्मीमा क्रियाशिल सरोकारवालाहरुको शुक्रवार सदरमुकाम तम्घासमा बसेको बैठकले यहि भाद्र १२ गते सदरमुकाम तमघासमा सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न जनचेतनामुलक माइकिङ्ग पर्चा पंम्प्लेट बितरण गर्ने सार्वजनिक कार्यक्रमहरुमा जानकारी मुलक ब्यानर राख्ने निर्णय गरेको छ । बैठकमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक श्यामु अर्याल,परिकल्पना पहल गुल्मीका अध्यक्ष नरेश भण्डारी, महिला मानब अधिकार रक्षक सञ्जालका सचिब गगनशिला खड्का,हट फाउण्डेसनका अखिलेश्वर प्रसाद पाण्डेय, नेपाल क्षयायरोग निवारण संस्थाका जगन्नाथ गौतम, जिल्ला स्वाथ्य कार्यालयका, गोपाल खनाल, पत्रकारहरु नारायण मरासीनी, टोपलाल अर्याल, ऋषी भुषाल लगायतको सहभागीता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग