Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीजको रमाझम गैर सरकारी देखि सरकारी कार्यालयलाई पनि

Published on 5:20:00 PM //

मनोज बस्नेत 
सरकारी कार्यालय होस् अर्थात गाउँगाउँमा बिभीन्न उदेश्यले गठन भएका क्लब, आमा समुह लगाएतका अन्य गैरसरकारी सस्ंथा, नजिकीदैँ गरेको हिन्दु नारीहरुको महान पर्व तिजको अवसरमा यतिबेला बिभीन्न कार्यक्रम आयोजना गरीरहेका छन् । यसैक्रममा आज महिला तथा बालबालिका कार्यालय तम्घास गुल्मीको आयोजनामा मानव बेचबेखीन बिरुद्धको तिजगीत तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
 तम्घासको बालमन्दिरमा सम्पन्न कार्यक्रममा महिलाहरुले बिभीन्न चेतना मुलक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई दरखाने व्यावस्था समेत गरीएको थियो ।
तिज पर्वको धार्मिक महत्व तथा विकासे कार्याक्रममा परिबर्तन मुखि भुमिकाको लागी मानव बेचबिखन विरुद्ध चेतना जगाउने उदेश्यले कार्यक्रमको आयोजना गरीएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । मानव बेचबिखन जिल्ला समिती गुल्मीका अध्यक्ष तथा निमीत्त प्रमुख जिल्ला अधिकारी जगदिश चन्द्र नेपालिको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिभीन्न राजनितीक दल, महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सघंसस्था, मानव अधिकारवादि, बिभीन्न महिला विकास बहुउदेश्य सहकारी सस्थां, आमा समुह मुल समिती अन्तरगतका बिभीन्न आमा समुह, पत्रकार लगाएतको उपिस्थती रहेको थियो ।
कार्यक्रम महिला तथा बालबालिका मुल प्रवाहिकरण समन्वय समितीका अध्यक्ष तथा स्थानीय विकास अधिकारी हिरालाल रेग्मिको अध्यक्षता, प्रहरी नायव उपरिक्षक राजकुमार बैदबार, कालिदत्त गुल्मका गुल्म पति र बह्मकुमारी ईशवरीय विश्व बिद्यायलय तम्घासका राजयोगिनी प्रगतिको बिषेश आतिथ्यता, महिला कर्मचारी सञ्जालका सिता पोखे्रलको स्वागत मन्तव्य र महिला विकास अधिकृत जमुना पौडेलको सञ्चालमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग