Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सार्वजनिक स्थानमा सुर्ती चुरोट खानेहरु होसियार

Published on 9:34:00 PM //

गगनशिला खड्का  
कतै चुरोट पिउँदै हुनुहुन्छ ? कोहि कसैको वास्ता नगरी सुर्ती खाएर थुक्दै हुनुहुन्छ भने अब तपाईलाई सबैले खबरदारी गर्नैछन । यस्तै अरुको स्वास्थ्यको ख्याल नगरी सुर्तीजन्य पदार्थको प्रयोग गर्ने ब्याक्तिहरुका लागी गुल्मी जिल्लाका सरोकारवाला निकायहरुले सोमबार सचेतना मुलक ¥याली निकालेर खवरदारी गरेका छन । गत साउन २२ गते सरकारले घोषणा गरेको सुर्ती जन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनलाई कार्यान्वय गराउन गुल्मीमा सचेतना मुलक ¥याली निकालेर खवरदारी गरिएको हो । प्रायः राम्रा काम गर्नका लागी एकजुट भएर अगाडी नबढ्ने सरोकारवालाहरु यस पटक भने हातमा हात मिलाउदै सुर्तीजन्य पदार्थको नियन्त्रणमा लागी परेका छन । 
रेसुङ्गा सामुदायिक सेवा समाजको अगुवाईमा निकालिएको सचेतनामुलक ¥यालीमा गुल्मी जिल्लामा क्रियाशिल मानबअधिकारबादी संघसंस्थाहरु महिला मानबअधिकार रक्षक सञ्जाल,नेृपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मी,परिकल्पना पहल,इन्सेक,नेपाल क्षयरोग निवारण सस्था, हट फाउण्डेसन लगाएतका संघसंस्थाहरुले सदरमुकाम तम्घासमा ¥याली निकालेका हुन । सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन पालना गरौ,जनताको स्वस्थ्व रहन पाउने अधिकार सुनिश्चित गरौ भन्ने नारासहित व्यानर बोकेको ¥यालीले बजारमा पर्चा,पम्पेलटका सामग्रीहरु पनि वितरण गरेको छ । 
जिल्ला प्रशासन कार्यलय अगाडीबाट शुरु भएको ¥यालीमा सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपालीले चुरोट र सुर्ती सेवनकै कारण नेपालमा बर्षैनी धेरै ब्याक्तिहरुले ज्यान गुमाईरहेको बताउदै यसको नियन्त्रणमा सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । उनले स्वस्थ्व रहन पाउनु जनताको नैसर्गिक अधिकार भएकोले यसको लागी सरकारले साथ दिएकोमा खुशी ब्याक्त गरे । ¥यालीमा  सहभागी महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मीका सचिब तथा नेपाल पत्रकार महासंघ गुल्मीका सदस्य गगनशिला खड्काले गुल्मी जिल्लामा यस्तो खालको जनचेतनामुलक कार्यक्रम पहिलेनै गर्न खाजेको भएपनि विविध कारणले नसकिएको अव भने अभियानकै रुपमा शुरु गरिएको बताईन । 
विगत ६ वर्षदेखी गुल्मी जिल्लामा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा काम गरिरहेको संस्था स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल गुल्मीका संयोजक नरेश भण्डारीले पहिले र अहिलेमा धेरै परिवर्तन भएको बताए । उनले संस्थाले यस क्षेत्रमा धेरै लामो समयदेखी काम गर्न शुरु गरेको भएपनि कानुन नभएका कारण सफल हुन नसकिएको बताए । सरकारले अहिले यो ऐन ल्याउनु जनताको आन्दोलनको उपलब्धी भएको बताउदै भण्डारीले नियन्त्रण मात्र होईन निषेधनै गर्नुपर्ने बताए । उनले भने “सरकारले नियन्त्रण गर्ने मात्र ऐन ल्याएको छ तर यतिमात्रैले पुग्दैन निषेधको कानुन बनाउन पर्छ ।” यस्तै जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जिल्ला प्रहरी कार्यलयको तर्फबाट सक्दो सहयोग गर्नै प्रतिबद्धता ब्याक्त गरे । 
उनले कानुनलाई प्रभाबकारी रुपमा कार्यान्यन गराउनका लागी सकेको पहल गर्नै बताए । उनले भने“यस विषयमा प्रहरी गम्भीर रुपमा अगाडी बढेको छ अगामी दिनमा पनि यसलाई अझ बलियो बनाएर लैजान्छौ । ”बैदवारले यदि कसैले सार्बजनिक स्थलमा चुरोट,सुर्ती सेवन गरेर कसैको स्वास्थ्यमा गम्भीर असर परेको उजुरी गर्छ भने त्यसलाई कानुन अनुसार कार्वाही गर्ने बताए । उनले भने“सरकारले ऐन ल्याईसकेको छ त्यसको कार्यान्यन गर्ने सन्र्दभमा प्रहरीबाट कुनै कन्जुस्याईँ हुदैन । ”

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग