Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पारिवारिक झगडापछि युवती बेपत्ता, परिवारप्रति नै शंका छ ः माइती

Published on 12:16:00 PM //


गगनशिला खड्का
श्रीमानसँगको झगडापछि २५ वर्षीया महिला कुशुम श्रेष्ठ बेपत्ता भएकी छन् । गुल्मीको अर्बेनी गाविसकी कुशम बेपत्ता भएपछि स्याङ्जा जगत्रदेविका उनका माईतीले खोजी गरिदिन हारगुहार गरेका छन् । गुल्मीको अर्वेनी–३ दमुखानी निवासी देवेन्द्र श्रेष्ठसंग विवाह गरि गएकी कुशम भदौ ३ गतेदेखि बेपत्ता भएकी हुन् । उनको शल र चप्पल भने कालिगण्डकीको राक्से भन्ने ठाउ“मा भेटिएको तर मान्छे भेट्न नसकीएको इलाका प्रहरी कार्यलय रिडीका प्रहरी निरीक्षक रवि मल्लले जानकारी दिए । ती सामान कुशमको नै भएको परिवारले स्वीकार गरेको प्रहरीको भनाई छ ।
कुशम बेपत्ता भएपछि उनका श्रीमान् देवेन्द्र पनि गुल्मी आएका छन् । बहिनीको खोजी गर्दै शनिबार बुटवल गएका कुशुमका दाजु शिवकुमार श्रेष्ठले आफ्नी बहिनीलाई परिवारले नै बेपत्ता पारेको हुन सक्ने भन्दै त्यसकालागि सञ्चारकर्मीलाई सहयोग गरिदिन आग्रह गरे । शिवले भने, बहिनी बेपत्ता हुनु अगाडि विदेशमा रहेका ज्वाईसंग फोनमा बेसरी झगडा भएको रहेछ, त्यसैले परिवारकै संलग्नतामा उसलाई बेपत्ता पारिएको हुनुपर्छ ।’ दाजु शिवका अनुसार कुशुम पाठेघर सम्बन्धी विरामी भएको र उपचारमा चासो नदेखाएको भन्दै आफ्ना पतिसंग झगडा गर्ने गरेकी थिइन् । यता कुशमका पति देवेन्द्रले पनि आफूहरुबीच फोनमा झगडा भएको स्वीकार गरेका छन । पत्रकारहरुको जिज्ञासामा उनले  भने, ‘उनको पाठेघर सम्बन्धी स्वास्थ्य समस्या थियो उपचार गरौंला भनेको थिएं, सामान्य झगडा त भएको
थियो खै किन बेपत्ता भइन थाहा छैन ।’
यता कुशमका दाजुहरु शिवकुमार र चुनकुमार श्रेष्ठले बहिनी बेपत्ता हुनुमा घरका अन्य सदस्यहरु पनि दोषी भएको हुन सक्ने दावी गरेका छन् । बहिनीको शल र चप्पल उनीहरुले नै पहिले भेटाउनु र पहिल्यै प्रहरीलाई खबर गर्नुले उनीहरुनै हताश भएको अवस्थामा देखिएको दाजुहरुको तर्क छ । कालीगण्डकीमा फालिएको वा स्वयंले हाम फालेको हुन सक्ने आशंकामा नदीमा खोजी गरिएको तर पत्ता लाग्न नसेको दाजुहरुको भनाई छ ।बेपत्ता कुशुमका घर र माईती पक्ष दुवैले जिल्ला प्रहरी कार्यालय गुल्मीमा खोजी कार्यका लागि उजुरी दिएका र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक ओमप्रकाश चौधरीले बताए । ७ दिन बितिसक्दा पनि यस घटनाको छानविन तथा खोज तलासको लागि प्रहरीले पनि सक्रियता नदेखाएको माइती पक्षले गुनासो गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग