Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रुपाकोट समाज गुल्मी काठमाडौंको दर खाने कार्यक्रम सम्पन्न (फोटो फिचर)

Published on 12:53:00 PM //

हिजो काठमाडौं सुन्धारा  स्थित ए.बि.सि  टेलिभिजन रहेको भवनमा तीज गीत तथा दर खाने कार्यक्रम सम्पन भयो । रुपाकोट समाज गुल्मी काठमाडौंद्वारा आयोजित उक्त कार्यक्रम समाजका सदस्य बानीका भण्डारीले संचालन गर्नु भएको थियो भने, कार्यक्रममा स्वागत मन्तब्य तथा समाजको परिचय र यसले हाल सम्म गरेका काम तथा भाबि योजनाको बारेमा समाज अध्यक्ष शिब भण्डारीले प्रकाश पार्नु भएको थियो ।
स्थाइ घर गुल्मीको रुपाकोट भई हाल काठमाडौँमा रहेका सबै रुपाकोटे चेलिबेटी, दाजुभाइ तथा अभिभावकहरुको  उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा छिमेकि गाबिसका अतिथिको पनि उपस्थिति रहेको थियो । करिब २५० जनाको उपस्थिति रहेको सो कार्यक्रमको एबिसी टि भी बाट पनि तीज बिशेस कार्यक्रम मा देखाइएको थियो । साथै हिजो नै रुपाकोट समाज, बुटवल को आयोजनामा बुटवल स्थित विश्व हिन्दु महाशंघको हलमा पनि तिज गीत तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ ।
आगामी भदौ १४ गते बुटवल मा रुपाकोट समाज कै आयोजनामा रुपाकोट समाज बहुद्देशीय सहकारी संथा लि र रुपाकोट समाज बुटवलको सह आयोजनामा "रुपाकोटको बिकासका सम्भाबना र चुनौतिहरु" बिषयक कार्यशाला गोष्ठी पनि सन्चालन हुँदै छ ।
(माथिका सम्पूर्ण तस्बिरहरु रुपाकोट समाज गुल्मी काठमाडौँले उपलब्ध गराएको हो )

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग