Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिद्युत बक्यौता रकम उठन शूरु

Published on 2:50:00 PM //


शिबलाल सुबेदी
बिद्युत महसुल उठन बाकी रहेका जिल्लाका बिभिन्न सरकारी कायलयहरुको बक्यौता रकम उठेको छ । नेपाल बिद्यृत प्राधिकरण तम्घास र रिडी बितरण केन्द्र अन्तर्गत रहेका बिभिन्न सरकारी कायलयहरुको बाकी बक्यौता रकम ११ लाखमध्ये आधा भन्दा बढी रकम उठेको नेपाल बिद्यृत प्राधिकरण शाखा गुल्मीले जनाएको छ ।
लामो समयदेखि जिल्लाको सदरमुकाम तम्घास लगायत १ दजन भन्दा बढी सरकारी कार्यलयहरुले बिद्युत महसुल बुझाएका थिएनन् । सरकारले बिद्युत चुवाबट नियन्त्रण गर्न तथा प्राधिकरणलाई घाटाबाट जोगाउन महसुल उठाउन कडाई गर्नुका साथै लाईन काटन समेत शुरु गरेको थियो । जिल्लाका केही सरकारी कार्यलयहरुको लाईन काटेपछि अन्य बिद्युत महसुल बुझाउन बाकी रहेका कार्यलयहरुले प्राधिकरण कायलयमै पुगेर बक्यौता रकम बुझाउन शुरु गरेका हुन ।
पटक–पटक नेपाल बिद्यत प्राधिकरण शाखा गुल्मीले बिद्यृत महसुल बुझाउन आग्रह गदा पनि महसुल नबुझाएका जिल्लाका सरकारी कार्यलयहरुले पछिल्लो समयमा लाइन काट्ने तथा कालो सुचिमा राखि सावजनिक गर्ने गरेकाले बक्यौता रकम उठेको हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग