Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दश बर्ष बिदेशमा दु:ख गरेर घर फर्कदा, कोही छैन परिवारमा

Published on 2:51:00 PM //


सकिला खातुन
मानिस बाध्यता नपरीकन आफ्नो गाउँ छोडेर परदेश जाँदैन र परदेशबाट गाउँ फर्केपछि जहान परीवार संगै बसेर हाँसीखुसी रमाउने चाहना जो कसैको पनि हुन्छ । तर गुल्मीको दुविचौरका एक व्यक्ति विदेशमा दुख कष्ट सहेर नेपाल फर्कँदा सबै आफन्त गुमाउनु पर्दा विचल्लीमा परेका छन् ।
१० वर्ष अघि धन कमाउन भनि परदेश पसेका दुविचौर गाविस वार्ड नं ५ का हिरा बहादुर बुढाथोकीको घरमा फर्कँदा यो विचल्ली भएको हो । भारतमा गएपछि विभीन्न दुःख पिडा सहेर पनि धन कमाउन नसकेपछि १० वर्षपछि घर फर्केका बुढाथोकी घरमा फर्कँदा बुबा र हजुरआमाको मृत्यू भैसकेको र आमा र भाई पनि बेपत्ता भएपछि उनी एक्लो बनेका छन् । आफूले धन कमाउन नसकेर १० वर्षपछि छुट्टीएका आफन्त संगै बस्न घर फर्केका बुढाथोकी घरमा  आउँदा बुबा र हजुरआमा स्वर्गै भईसकेको र आमा र भाई समेत केहीवर्षदेखि बेपत्ता भएको खवर थाहा पाएपछि एक्लो बनेका छन् ।
आफन्त र सहारा कोही नभएर एक्लो बनेका ३० वर्षिय बुढाथोकीलाई गाउँमा बस्ने ब्याबस्था मिलाउन स्थानिय बासीन्दाले चन्दा संकलन गरेर घर निर्माण गरीदिएका छन् ।
स्थानिय पूर्ण बहादुर थापाको अध्यक्षतामा सहयोग समिती गठन गरी स्थानिय बासीन्दाले ३२ हजार रुपैयाँको लागतमा दुई कोठे घर बनाईदिएका हुन् । स्थानिय बासीन्दाले उनलाई घरमा चाहीने आबस्यक भाँडाकुडा र अन्य सर सामानको समेत व्याबस्था गरीदिएका छन् । स्थानिय बरपिपल आमा समूलहे ५ हजार १ सय, सिर्जनशिल आमा समूहले २ हजार, र गाउँका १ सय ७ घरधुरीबाट २५ हजार रुपैयाँ र दुविचौर सामुदायीक बनबाट काठ संकलन गरी घरबासको ब्याबस्था गरीदिएका हुन् । घरमा आफन्त नभएपनि गाउँलेको सहयोगमा उनलाई आफन्तको जस्तै माया ममता दिएर राखेको गाविस सचिव टोप बहादुर थापाले बताउनुभयो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग