Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वेपत्ताको स्थिती सार्वजनीक गर

Published on 4:54:00 PM //

नरेश भण्डारी
२८औं वेपत्ता सम्वन्धी अन्राष्ट्रिय दिवसको अवसरमा गुल्मीका १३ वेपत्ता नागरिकहरुको स्थिती सार्वजनीक गर्न माग गर्दै ०६८ भदौ १३ गते प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननीय प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेस गरेका छन् ।
ज्ञापन पत्रमा जवरजस्ती वेपत्ता पारिएका व्यक्तिका परिवार र तिनका आफन्तलाई आफ्ना प्रियजनको बारेमा सत्य तथ्य थाहा पाउने अधिकारको सुनिश्चित गर्न माग गरेका हुन् । यसैगरी द्वन्द्वकालमा बेपत्ता पार्ने कार्यमा संलग्न पीडकलाई कानुनी कार्वाही गरी कानुनी राज्यको प्रत्याभूती दिलाउन र वेपत्ता पारिएका पीडितका परिवारलाई तत्काल राहत, क्षतिर्पूिर्त, परिपुरण र न्यायको व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले कानुनी राज्यमा कुनै पनि नागरिकको बास्तविकता थाहा नहुनु विडम्बना भएको भन्दै ज्ञापन पत्र तत्कालै प्रेसित गरिने जानकारी दिए । ज्ञापन पत्रमा इन्सेक गुल्मीका संयोजक यज्ञप्रसाद भुसाल, मानवखधिकार तथा सामाजिक रुपान्तरण अभियान गुलमीका अध्यक्ष पदमप्रसाल पाण्डे, इन्सेक प्रतिनिधि एवं मानवअधिकारकालागि नागरिक समाजको सञ्जालका सचिव नरेश भण्डारी, गैसस महासंघ गुल्मीका सचिव रेशम कुँवर, पत्रकार महासंघ गुल्मीका सहसचिव ज्ञानबहादुर महतरा, महिला मानवअधिकार रक्षक सञ्जालका अध्यक्ष सीता भुसाल, मानवअधिकार एलाइन्सका सचिव छविलाल विक लगायत, प्रेस चौतारी नेपाल गुल्मीका सचिव शिबलाल शुवेदी, नेपाल प्रेस युनियनका अध्यक्ष हरिकुमार श्रेष्ठ, क्रन्तिकारी पत्रकार संघ गुल्मीका अध्यक्ष प्रेम सुनार, मानवअधिकार शिक्षा क्लवका सीता भण्डारी र महिला जागरण तथा विकास अभियान नेपालका सचिव सकिला खातुनले हस्ताक्षर गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग